२०८२, भाद्र ११ गते

Aug 27 2025 | २०८२, भाद्र ११ गते

बुटवलको डेल्टा मार्टमा भिषण आगलागी

बिहिवार , आषाढ ७, २०८१

  • 1.9K
    Shares
  • 1.9K
    Shares
  • बुटवल । बुटवलमा रहेको डेल्टा मार्टमा भिषण आगलागी भएको छ । बुटवलको मिलनचोकमा रहेको मार्टको माथिल्लो तलाबाट आगलागि शुरु भएको बताईएको छ ।

    माथिल्लो तलाबाट शुरु भएको आगलागीका कारण मार्टको तेस्रो तलामा रहेको खलकुद र स्टेसनारीका सामानहरु जलेर नष्ट भएका छन् ।

    स्थानीय र प्रहरीको सहायतामा आगलागी नियन्त्रणको प्रयास भईरहेको छ । बिद्युत सर्ट भएर आगलागी भएको हुन सक्ने मार्टका संचालक घनश्याम पाठकले जानकारी दिए । 

    आगो नियन्त्रणका लागि बुटवल उपमहानगरपालिकाको दमकल, प्रहरी र स्थानीय जुटेका छन् । मार्टमा लागेको आगो राति साढे ८ बजेसम्म नियन्त्रणमा आउन सकेको थिएन् ।