२०८३, आषाढ १६ गते

Jun 30 2026 | २०८३, आषाढ १६ गते

मानव बेचबिखनविरुद्ध जिल्ला कार्यसमिति रुपन्देहीको बैठक सम्पन्न

बिहिवार , आषाढ ७, २०८१

  • 979
    Shares
  • 979
    Shares
  • भैरहवा, ६ असार ।

    मानव बेचबिखनविरुद्ध जिल्ला कार्यसमिति रुपन्देहीको बैठक बिहीबार सम्पन्न भएको छ । रुपन्देहीका प्रमुख जिल्ला अधिकारी गणेश अर्यालको अध्यक्षतामा बसेको बैठकले जिल्लामा मानव बेचबिखनको वर्तमान अवस्था तथा सरोकारवालहरुसँग छलफल गरेको छ । बैठकले माइती नेपाल आवधिक गृह भैरहवाले मानव बेचबिखन तथा ओसारपसार नियन्त्रणका लागि  सिद्धार्थनगर नगरपालिका अन्र्तगत रहेर सन्चालन गरेका कार्यक्रम एवं सोसँग सम्बन्धित क्रियाकलापहरुका बारेमा छलफल भएको थियो । 

    बैठकले आर्थिक वर्ष २०८०/०८१ मा भए/गरेका कार्यहरुको समीक्षा गरेको थियो । त्यसै गरी बैठकमा मानव बेचविखन तथा ओसारपसार नियन्त्रणका लागि अन्तर सीमाना बैठक सञ्चालन गर्ने सम्बन्धमा पनि छलफल भएको थियो । बैठकमा माइती नेपाल आवधिक गृह भैरहवाका कार्यक्रम संयोजक माया क्षेत्रीले एक वर्षसम्म भए÷गरेका गतिविधका बारेमा जानकारी गराएकी थिइन् ।

    बैठकमा सहायक प्रमुख जिल्ला अधिकारी रामचन्द्र अर्याल, जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रमुख प्रहरी प्रमुख रंजित सिंह राठौर, सशस्त्र प्रहरी बल नेपाल नम्बर २७ गण हेडक्वाटरका प्रमुख सशस्त्र प्रहरी उपरीक्षक आनन्द थापा मगर, राष्ट्रिय अनुसन्धान जिल्ला कार्यालय रुपन्देहीका प्रमुख हरिष बहादुर विष्ट, जिल्ला सरकारी वकिलको कार्यालय रुपन्देहीका सह-न्यायधिवक्ता मुक्तिराम सुवेदी, सिद्धार्थनगर नगरपालिकाका शिक्षा शाखा प्रमुख चेतनशील लम्साल, लक्ष्मण गिरी, जिल्ला समन्वय समितिका जिल्ला समन्वय अधिकारी कमल ज्ञवाली, जिल्ला प्रशासन कार्यालयका प्रशासकीय अधिकृत विक्रम थापा, नेपाल पत्रकार महासंघ रुपन्देहीका कार्यसमिति सदस्य शंकर पाण्डे, सुशिला लामिछाने, रिता मगर, जितेन्द्र महतो लगायतको उपस्थिति रहेको थियो ।