२०८३, आश्विन १५ गते

Oct 01 2026 | २०८३, आश्विन १५ गते

लुम्बिनीको मिडिया बजेटमा विभेद गरिएको भन्दै प्रकाशन तथा प्रसारण संघको आपत्ति

बिहिवार , आषाढ ७, २०८१

  • 811
    Shares
  • 811
    Shares
  • भैरहवा, ६ असार । 
    लुम्बिनी प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८१/०८२ का लागि सार्वजनिक गरेको सञ्चार सम्बन्धी बजेटप्रति प्रकाशन तथा प्रसारण संघ लुम्बिनीले विरोध जनाएको छ । आफ्ना नजिक र गोजीका मिडियाहरुलाई मनपरी बजेट वितरण गरेको भन्दै संघले बिहीबार एक विज्ञप्ती जारी गर्दै विरोध जनाएको हो ।

    ‘मिडियामा समानुपातिक सहभागीताको प्रश्नलाई सिधै खारेज गरी आफ्ना नजिक र गोजीका मिडियाहरुलाई बिना आधार जनताको करबाट उठेको रकम मनलाग्दी गरी विनियोजन गरिनु एकप्रकारले नीतिगत भष्टाचार हो भन्ने हाम्रो ठहर छ ।–जारी विज्ञप्तीमा भनिएको छ, ‘एकातिर मिडियालाई व्यक्तिगत पहुँच र प्रभावको आधारमा घर निर्माण र उपकरण खरिद जस्ता शिर्षकमा आफ्नो खल्तीको रकम छुट्टाए जस्तो गरी छुट्टाइनु तथा अर्कोतर्फ प्रदेशमा लामो समयदेखि व्यवसायिक पत्रकारिता गर्दै आएका मिडियाहरुलाई पूर्ण रुपमा उपेक्षा गर्नुले सरकारको नियति र चरित्रमा प्रशस्त शंका गर्ने आधार स्वतः प्रकट भएका छन् ।’

    संघका अध्यक्ष नवराज कुंवर तथा सचिव माधव नेपालद्वारा जारी विज्ञप्तीमा विभेदकारी सञ्चार बजेट पूर्ण रुपमा खारेज गरी समानुपातिक सहभागीताको सुनिश्चितता गरिनुपर्ने माग गरिएको छ । बजेट सुधार नगरे आन्दोलन बाहेक अन्य विकल्प नभएको संघले चेतावनी दिएको छ ।

    448802591_10168930810430302_8393740411741391534_n.jpg