२०८२, भाद्र १० गते

Aug 26 2025 | २०८२, भाद्र १० गते

कृषि र पर्यटनलाई प्राथमिकतामा राख्दै सियारीले ल्यायो नीति तथा कार्यक्रम

बुधवार , आषाढ ६, २०८१

  • 631
    Shares
  • 631
    Shares
  • भैरहवा, ५ असार । रुपन्देहीको सियारी गाउँपालिकाले कृषि र पर्यटनलाई प्राथमिकतामा राख्दै आगामी आर्थिक वर्ष २०८१/०८२ का लागि नीति तथा कार्यक्रम प्रस्तुत गरेको छ ।

    बुधबार सियारी गाउँपालिकाको पन्धौं गाउँसभामा गाउँपालिका अध्यक्ष थानेश्वर घिमिरेले नीति तथा कार्यक्रम पेश गरेका हुन् ।

    १५६ बुँदामा प्रस्तुत गरिएको नीति तथा कार्यक्रममा आर्थिक, सामाजिक रूपान्तरणका माध्यमबाट विद्यमान बहुआयमिक गरीबी, असमानता तथा बेरोजगारीको अन्त्य गर्दै ‘कृषि, पर्यटन र दिगो पूर्वाधारयुक्त नगरी ? समावेशी, मर्यादित, स्वच्छ र समृद्ध सियारी’ निर्माण गर्ने दीर्घकालिन सोच उल्लेख गरिएको छ ।

    “कृषि, पर्यटन र दिगो पूर्वाधारयुक्त नगरी ? समावेशी, मर्यादित, स्वच्छ र समृद्ध सियारी” निर्माण गर्ने दीर्घकालिन सोचसहित  कृषिलाई आधुनिकीकरण, व्यवसायीकरण तथा बजारीकरण गर्न अभिप्रेरित गरिने गाउँपालिकाका अध्यक्ष थानेश्वर घिमिरेले बताए ।

    अध्यक्ष घिमिरेले सियारीले दुध उत्पादन, माछा तथा मकै खेतिमा शुरु गरिएको उत्पादनमा आधारित अनुदान कार्यक्रमलाई निरन्तरता दिँदै थप कृषि तथा पशुजन्य उत्पादनमा कार्यक्रमलाई बिस्तार गरिने बताए । उनले आर्थिक बर्ष २०८१/०८२  मा गाउँपालिकालाई खाद्यान्न, दुध, माछामासु, बेसार, खुर्सानी र लसुनमा आत्मनिर्भर हुने गरी कार्यक्रम सञ्चालन गरिने जानकारी दिए ।

    कृषि पर्यटनको गन्तव्य स्थलको रुपमा सियारीलाई विकास गरिने र नदी तथा वनक्षेत्र, धार्मिक क्षेत्र, पार्क निर्माणको माध्यमबाट पर्यटन विकास गरी आयआर्जन र रोजगारीको श्रृजना गरिने अध्यक्ष घिमिरेले जानकारी दिए ।

    त्यस्तै मत्स्य जोनलाई प्रभावकारी परिचालन र छपियाको माछाको ब्यापक प्रचार र सु–व्यवस्थामार्फत मत्स्य पर्यटन प्रवद्र्धन गरिने उनले बताए ।

    गाउँपालिकाभित्र छाडा चौपायको व्यवस्थापन गरी कृषकहरुको खेतीपातीको सुरक्षा गर्न सञ्चालनमा ल्याइएको रामजानकी गौशालालाई प्रभावकारी रुपमा सञ्चालन गर्न आवश्यक श्रोतसाधन व्यवस्थापनका लागि सहजीकरण गरिने नीति तथा कार्यक्रममा उल्लेख छ ।

    पूर्ण पाठ