२०८३, आषाढ ७ गते

Jun 21 2026 | २०८३, आषाढ ७ गते

सिद्धार्थनगर–१२ को निःशुल्क आँखा शिविरमा १६५ जना लाभान्वित

मंगलवार , आषाढ ५, २०८१

  • 1.0K
    Shares
  • 1.0K
    Shares
  • भैरहवा, ४ असार ।
    रुपन्देहीको सिद्धार्थनगर नगरपालिका वडा नम्बर १२ मा निःशुल्क आँखा परीक्षण गरिएको छ । १२ नम्बर वडा कार्यालयको आयोजनामा युनिक वैंक्वेटमा भएको  शिविरमा १६५ जनाले आँखा परीक्षण गराएर लाभान्वित भएका छन् । नगरपालिकाको कार्यालय र लुम्बिनी नेत्र विज्ञान अध्ययन संस्थान तथा रिसर्च सेन्टर भैरहवाबीच मोतीयाबिन्दुको शल्यक्रिया (अपरेशन) सम्बन्धि सम्झौता बमोजिम वडा नम्बर १२ को कार्यालयले मंगलबार डाँडागाउँमा वडाबासीहरुका लागि निःशुल्क आँखा जाँच शिविरको आयोजना गरेको थियो ।

    ‘आँखा परीक्षण गराएका १६५ जनामध्ये ११ जनामा मोतीयाबिन्दु देखिएको छ’, सिद्धार्थनगर नगरपालिका–१२ का वडाअध्यक्ष कुमार गुरुङले भने, ‘मोतीयाबिन्दु देखिएका सबैको लुम्बिनी नेत्र विज्ञान अध्ययन संस्थान तथा रिसर्च सेन्टरमा निःशुल्क शल्यक्रिया हुनेछ ।’ उनले नगरपालिकाको साथै वडा कार्यालयले स्थानीयबासीको स्वास्थ्यतर्फ सचेत रहेको र आवश्यक सबै कार्यहरु गरिरहेको र गर्दै जाने बताए ।

    सिद्धार्थनगर नगरपालिकाको कार्यालयले मोतीयाबिन्दुका बिरामीहरु (नगरबासी) का लागि निःशुल्क शल्यक्रियाको व्यवस्थापन गरेको छ ।