
आइतवार , आषाढ ३, २०८१
भैरहवा, २ असार ।
सशस्त्र प्रहरीले रुपन्देहीमा अवैध प्याज बरामद बरामद गरेको छ । सशस्त्र प्रहरी बल, नेपाल प्रस्तावित सीमा सुरक्षा गुल्म डण्डा रुपन्देहीबाट खटिएको गाडी मोबाईल टोलीले ओमसतिया गाउँपालिका–४ स्थित बसन्तपुरबाट ११५ बोरा (अन्दाजी ५ हजार ७ सय ५० केजी) प्याज बरामद गरेको हो ।
भारतबाट अवैध रुपमा नेपाल ल्याइ जस्ताले छाएको टहरामा गोदाम गरी राखेका अवस्थामा आइतबार बिहान ७ः२० बजे अन्दाजी मूल्य रु. २ लाख ३० हजार बराबरको प्याज बरामद गरिएको सशस्त्र प्रहरीले जनाएको छ ।
सशस्त्र प्रहरीका अनुसार बरामद गरिएको प्याज गुल्ममा ल्याइ राखिएको र भन्सार कार्यालयमा बुझाउने प्रक्रियामा रहेको छ ।
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij