२०८२, भाद्र ११ गते

Aug 27 2025 | २०८२, भाद्र ११ गते

सरकार परिवर्तनको खेलमा नलाग्नेमा कांग्रेस स्पष्ट छ : गगन थापा

शनिवार , आषाढ २, २०८१

  • 493
    Shares
  • 493
    Shares
  • काठमाडौं, १ असार ।
    नेपाली कांग्रेसका महामन्त्री गगन थापाले मुलुकको अर्थतन्त्र बिग्रेका विषयमा प्रधानमन्त्रीबाट जवाफको आश नगरेको बताएका छन् ।

    शनिबार काठमाडौंमा आयोजित एक प्रशिक्षण कार्यक्रममा थापाले प्रचण्डलाई किन र के का लागि प्रधानमन्त्री भएको भन्ने नै मेसो नरहेको भन्दै मुलुकको अर्थतन्त्र बिग्रेका विषयमा प्रधानमन्त्रीबाट जवाफको आश नगरेको बताएका हुन् ।

    उनले नयाँ राजनीतिक दलहरुको प्रवृति लोकरिझाई भन्दा अरु केही नरहेको तर्क बताए । उपप्रधानसहित चारजना रास्वपाका व्यक्तिहरु मन्त्रीमण्डलमा रहे पनि देशका लागि काम गर्ने भन्दा चटक गर्नेमा ध्यान केन्द्रीत गरेको उनको भनाइ छ ।

    थापाले सरकारप्रति जनतामा देखिएको निराशालाई कांग्रेसले नै चिर्न सक्ने दावी गरे । २०८४ सालसम्म प्रतिपक्षमा बस्नुपर्ने र सरकार परिवर्तनको खेलमा नलाग्नेमा कांग्रेस स्पष्ट रहेको उनले बताए । थापाले संविधानलाइ थप सान्दर्भीक बनाउनका लागि एमाले र माओवादीसँग छलफल गर्ने धारणा राखे ।

    संघ र प्रदेशको संसदको संख्या घटाउनुपर्ने, निर्वाचन प्रणाली परिवर्तन गर्नुपर्ने भन्दै उनले यसका लागि सवै दलहरुबीच सहमति कायम गरेर संविधान संशोधन गर्नुपर्नेमा जोड दिए