२०८३, बैशाख ८ गते

Apr 21 2026 | २०८३, बैशाख ८ गते

चोरी र हराएको २४ वटा मोबाइल रुपन्देही प्रहरीले सम्बन्धित धनीलाई बुझायो

शनिवार , आषाढ २, २०८१

  • 1.0K
    Shares
  • 1.0K
    Shares
  • भैरहवा, १ असार ।
    जिल्ला प्रहरी कार्यालय रुपन्देहीले विभिन्न मिति र समयमा हराएका तथा चोरी भएका २४ थान मोबाइल फोन फेला पारेर सम्बन्धित धनीलाई बुझाएको छ । मोबाइलहरुको खोजतलास एवं अनुसन्धान गर्दै जाने क्रममा २४ वटा मोबाइल फेला पारी सम्बन्धित मोबाइल धनीहरुलाई बुझाइएको जिल्ला प्रहरी कार्यालय रुपन्देहीका सूचना अधिकारी तथा प्रहरी नायव उपरीक्षक (डीएसपी) मनोहर प्रसाद भट्टले बताए ।

    डीएसपी भट्टका अनुसार विभिन्न मिति र समयमा मोबाइल फोन हराएको तथा चोरी भएको भनी जिल्ला प्रहरी कार्यालयमा मोबाइल धनीले लिखित निवेदन पेश गरेका थिए ।

    फेला पारेर सम्बन्धित धनीलाई बुझाइएको मोबाइलमा आई फोन २ वटा, भिभो ६ वटा, रियलमी ५ वटा, सामसुङ ५ वटा, रेडमी ३ वटा, ओप्पो २ वटा र ईनफिनिक्स १ वटा रहेका छन् ।

    3.JPG