२०८२, आषाढ २८ गते

Jul 12 2025 | २०८२, आषाढ २८ गते

गैडहवा गाउँपालिकामा सार्वजनिक सुनुवाई

बुधवार , जेठ ३०, २०८१

भैरहवा, ३० जेठ ।
रुपन्देहीको गैडहवा गाउँपालिकामा सार्वजनिक सुनुवाई कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रममा सहभागीहरुले विकास निर्माण, सुशासन, पारदर्शीता पालिकाबाट हुने गरेका कामको जनताले थाहा पाउनुपर्ने लगायतका विषयमा प्रश्न गरेका थिए ।

स्थानीबासीले राखेका जिज्ञासाको जवाफ दिदै गाउँपालिका अध्यक्ष सुरेन्द्र पौड्यालले जनताको भावना अनुसार काम गरिरहेको र बाँकी समय जनताको सेवामै काम गर्ने बताए । उनले पालिकालाई अगाडि बढाउन जनताको साथ सहयोग आवश्यक रहेकोमा जोड दिए । अध्यक्ष पौड्यालले जनताको चाहना अनुसार आफू लगायत सम्पूर्ण जनप्रतिनिधिले काम गर्ने बताउँदै सल्लाह-सुझाव दिने जनतालाई धन्यवाद दिए ।

त्यस्तै गाउँपालिका उपाध्यक्ष माधुरी जैसवालले आफूले न्याय सम्पादन र अनुगमन  काम गरिरहेको बताइन् ।  

प्रमुख प्रशासकीय अधिकृत श्रीप्रसाद गौतमले जनताको इच्छा अनुसार कर्मचारीले काम गरिरहेको बताउँदै नेपालको कानून अनुसार पालिका भित्रका हरेक क्षेत्रमा काम गर्ने बताए ।

त्यस्तै वडा नम्बर १ देखि ९ सम्मका वडाअध्यक्ष, शाखागत प्रमुखहरुले जनताले उठाएका प्रश्नको जवाफ दिएका थिए । कार्यक्रममा सूचना अधिकारी गणेश भट्टराईले कार्यक्रमको उद्देश्यमाथि प्रकाश पारेका थिऐ ।