२०८३, श्रावण ३० गते

Aug 15 2026 | २०८३, श्रावण ३० गते

बालअधिकार स्थानीय शासन सम्बन्धि अभिमुखीकरण

सोमवार , जेठ २८, २०८१

  • 1.0K
    Shares
  • 1.0K
    Shares
  • भैरहवा, २८ जेठ ।

    बाल क्लबका पदाधिकारी एवं सरोकारवालाहरुको लागि दुईदिने बालअधिकार तथा बालमैत्री स्थानीय शासन सम्बन्धि अभिमुखीकरण तालिम सोमबार सम्पन्न भएको छ । 
    सिद्धार्थनगर नगरपालिका वडा नम्बर ९ को वडा कार्यालयको आयोजनामा भएको अभिमुखीकरण तालिममा बालअधिकार एवं स्थानीय तहलाई बालमैत्री स्थानीय शासन मैत्री बनाउन सहयोग पुग्ने आयोजकको अपेक्षा रहेको थियो ।

    ९ नम्बर वडाका वडाअध्यक्ष शेषकान्त भण्डारीले आजका बालबालिकाहरु भोलीका कर्णाधार रहेको बताउँदै उनीहरुको भविष्य तथा अधिकारहरुबारे जानकार हुनुपर्ने बताए । बालअधिकार एवं बालमैत्री स्थानीय शासनको लागि वडाले बालबालिका तथा सरोकारवालालाई अभिमुखीकरण प्रदान गरेको उनले बताए । कार्यक्रममा सिद्धार्थनगर नगरपालिकाका वरिष्ठ अधिकृत यादव प्रसाद सापकोटा र अधिकृत कमलकान्त खनालले सहजीकरण गरेका थिए । 

    कार्यक्रममा भानु माध्यमिक विद्यालय र बिन्ध्यावासिनी मिसुज आधारभूत विद्यालयका बाल क्लबका पदाधिकारी, विद्यालयका प्रअ, टोल सुधार समितिका पदाधिकारी, राजनीतिक दलका पदाधिकारीहरुको सहभागीता रहेको थियो । कार्यक्रममा बाल क्लबलाई खेलकुद सामग्री समेत प्रदान गरिएको वडा सचिव अब्दुल रसिद पठानले बताए । 

    वडा नम्बर ९ की वडा सदस्य बसुन्धरा शर्माको अध्यक्षता तथा वडाअध्यक्ष शेषकान्त भण्डारीको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा वडा सदस्यहरु युवराज बराल, सविता हरिजन, भानु माध्यमिक विद्यालयका प्रअ मोतीलाल सुवेदी, गोलिगढ टोल सुधार समितिका अध्यक्ष युवराज पाण्डे लगायतले बोलेका थिए । कार्यक्रमको सञ्चालन वडा सदस्य बसन्त भट्टराईले गरेका थिए ।