२०८२, भाद्र १० गते

Aug 26 2025 | २०८२, भाद्र १० गते

मगर समुदायले मागे मुख्यमन्त्री महरासँग भूमे पर्वमा सार्वजनिक बिदा

आइतवार , जेठ २७, २०८१

  • 634
    Shares
  • 634
    Shares
  • दाङ, २७ जेठ । 
    लुम्बिनी प्रदेशका मुख्यमन्त्री जोख बहादुर महरासँग मगर समुदायले भूमे पर्वको अवसरमा सार्वजनिक बिदाको माग गरेको छन् । मुख्यमन्त्री महरासँग मगर बाहुल्य क्षेत्र दाङ र प्युठानमा भूमे पर्वको अवसरमा सार्वजनिक बिदा दिनुपर्ने भन्दै आइतबार नेपाल मगर संघ जिल्ला समन्वय समिति दाङले माग पत्र बुझाएको हो ।

    मुख्यमन्त्री महराले मगर समुदायको मागप्रति आफू सकारात्मक रहेको र सार्वजनिक बिदाका लागि पहलकदमी लिने आश्वासन दिए ।

    संघका उपाध्यक्ष खगेन्द्र पुन मगरको हस्ताक्षर रहेको पत्रमा असार १ देखि ३ गते सम्म भूमे पर्व मनाउनका लागि लुम्बिनी प्रदेश सरकारले सार्वजनिक बिदा दिनुपर्ने माग गरेको छ ।

    रोल्पा र रुकुममा विगत वर्ष देखि भूमे पर्वको अवसरमा असार १ गते सार्वजनिक बिदा दिने प्रचलन रहेकाले मगर बाहुल्य क्षेत्र दाङ र प्युठानमा पनि बिदा दिनुपर्ने नेपाल मगर संघ जिल्ला समन्वय समिति दाङको माग छ । 

    आफ्नै कला, पहिचान, रहनसहन र मौलिक पहिचान बोकेको भूमे पर्वलाई रोल्पा, रुकुम, दाङ र प्यूठान लगायतका जिल्लामा विशेष पर्वको रुपमा मगर समुदायले मनाउने प्रचलन छ ।