२०८३, श्रावण ३० गते

Aug 15 2026 | २०८३, श्रावण ३० गते

लुम्बिनी प्रादेशिक अस्पतालका नवनियुक्त मेसु ढकाललाई स्वागत तथा सम्मान

आइतवार , जेठ २७, २०८१

  • 859
    Shares
  • 859
    Shares
  • बुटवल, २७ जेठ । 
    रुपन्देहीको बुटवलस्थित लुम्बिनी प्रादेशिक अस्पतालका नवनियुक्त मेडिकल सुपरिटेण्डेण्ट (मेसु) डा. ईन्द्र ढकाललाई अस्पतालमा कार्यरत निजामती कर्मचारी युनियन र स्वास्थ्यकर्मी संघ रुपन्देहीले स्वागत तथा सम्मान गरेको छ । मेसु ढकाललाई आइतबार एक कार्यक्रमकाबीच स्वागत तथा सम्मान गरिएको हो । 

    सो अवसरमा बोल्दै मेसु ढकालले सबैको सहकार्यमा अघि बढ्न सकिने धारणा व्यक्त गरे । अस्पताल विकासका लागि आवश्यक साथ, सहयोग र सहकार्यका लागि प्रतिवद्धता गरे । दोस्रो कार्यकालका लागि मेसुमा नियुक्त भएका ढकालले अघिल्लो कार्यकालमा समेत उल्लेख्य सुधारका काम गरेका थिए । यस कार्यकालमा अस्पतालको निर्माणाधिन अध्याधुनिक भवनको कामलाई पूर्णता दिने, स्वास्थ्य सेवालाई थप सुदृढ गर्ने तथा शल्यक्रिया उपचार सेवालाई वृद्धि गरी महिनौ पालो कुर्नुपर्ने अवस्थालाई कम गर्ने योजना उनले प्रस्तुत गरेका छन् । 

    नेपाल स्वास्थ्यकर्मी संघ अस्पताल ईकाई समितिका अध्यक्ष भिम ज्ञवालीको अध्यक्षतामा आयोजित कार्यक्रममा नेपाल स्वास्थ्यकर्मी संघका प्रदेश संयोजक नमनारायण बेलबासे, नेपाल निजामती कर्मचारी युनियन जिल्ला अध्यक्ष चक्रपाणि पाण्डे, नेपाल टेड्र युनियन काँग्रेसका जिल्ला अध्यक्ष राम प्रसाद ढकाल, नेपाल कर्मचारी युनियनका केन्द्रिय सदस्य नविन पन्थी, स्वास्थ्यकर्मी संघका केन्द्रिय सदस्य हिमाल खनाल, शिविए रुपन्देहीका उपाध्यक्ष भोजराज न्यौपाने लगायतले शुभकामना व्यक्त गरेका थिए । 

    नेपाल स्वास्थ्यकर्मी संघ रुपन्देहीका अध्यक्ष घनलाल अर्यालको स्वागत तथा नेपाल निजामती कर्मचारी युनियन रुपन्देहीका सचिब बालकृष्ण कंडेलले सञ्चालनमा कार्यक्रम भएको थियो ।