२०८२, आषाढ २८ गते

Jul 12 2025 | २०८२, आषाढ २८ गते

चीनलाई चिनाउने द ग्रेटवाल (फोटो फिचर)

आइतवार , जेठ २७, २०८१

चीन । चीनलाई विश्वले चिनाएको÷चिनेको र चीनले विश्वलाई चिनाएको एउटा ऐतिहासिक र पुरातात्विक धरोहर हो चीनको द ग्रेटवाल । चन्द्रमाबाट पनि देख्न सकिने र देखिने बताइएको ग्रेटवाल चीनको पर्यटन प्रवद्र्धनमा महत्वपूर्ण हिस्सा हो ।

यो ग्रेटवाल घुम्न आउने पर्यटकका लागि मात्र होइन, चीनको इतिहास र इतिहाससँग जोडिएको कुराहरु पनि सँगै बताइरहेको छ । यसले कसरी चीन हिजोबाट आजसम्म आइपुग्यो र विश्वको दोस्रो शक्तिशाली राष्ट्र बन्यो भन्नेकुरा पनि देखाउँछ ।

यसको संरक्षण, विकास र यसबाट चीनको आम्दानीमा जोडिएको हिस्सा नगन्य होला । तर विश्वले चीनलाई चिन्ने पहिलो माध्यम  ग्रेटवाल नै हो ।

हुनतः यो निर्माणका समयमा लाखौँ मजदुरले ज्यान गुमाएको कुरा पनि छ । ति मजदुरलाई यही ग्रेट वालको पर्खालभित्र दबाइएको भन्नेहरु पनि छन् । तर इतिहास आज ति मजदुरहरुको योगदान सँगसँगै यसले पर्यटन प्रवद्र्धनमा पु¥याएको र चीनको आय आर्जनमा पु¥याएको महत्वपूर्ण योगदानको लागि सम्झिरहन्छ ।

यो कयौँ वर्ष लगाएर तत्कालीन अवस्थामा शत्रुबाट बच्न बनाइएको पर्खाल हो । तर आज यो पर्खाल विश्वमा चीनलाई चिनाउने माध्यम बनेको छ । यो पर्खालको एक छेउबाट अर्को छेउमा लगातार हिँड्दाखेरी २ वर्ष लाग्ने अनुमान गरिन्छ ।

यो कहाँबाट शुरु भएर कहाँ गएर अन्त्य भएको छ भन्नेकुरा भेट्टाउनै मुस्किल छ । जहाँ सबल र हिँड्न लायक संरचना छ, त्यो मात्रै हिँड्नलाई पनि दुई वर्ष लाग्ने अनुमान छ ।

त्यो देखि बाहेक बाढी, पहिरो र विभिन्न विपत्तिका कारण बीचमै हराइएका र मेटिएका ठाउँहरु पनि छन् । यदी ति सबैलाई जोड्ने हो भने यो निकै लामो छ । यो तत्कालीन अवस्थामा कसरी निर्माण भयो ? यो एउटा रहस्य पनि हो । र सहजै अनुमान गर्न सकिँदैन । तर यो मानव निर्मित हो ।

त्यसैले गर्दा मानिसले चाहँदा जेसुकै पनि हुनसक्दो रहेछ भन्ने ग्रेटवाल निर्माणबाट प्रमाणित हुन्छ । चीनतिर फर्किएर हेर्दा चीनले विगत २० वर्षमा गरेको उन्नति र प्रगति पनि मानिसले चाहे जे पनि हुनसक्छ भन्ने देखाउँछ ।

09.jpeg
11.jpeg
15.jpeg

न्युज एजेन्सी नेपालका सहकर्मीले ग्रेटवाल पुगेर पठाएका केही तस्बिरहरु आजको फोटो फिचरमा ।