२०८२, फाल्गुण २८ गते

Mar 12 2026 | २०८२, फाल्गुण २८ गते

ठोस फोहर व्यवस्थापन कार्यशाला

मंगलवार , जेठ २२, २०८१

  • 967
    Shares
  • 967
    Shares
  • भैरहवा । सियारी गाउँपालिकामा ठोस फोहर व्यवस्थापन कार्यशाला गरिएको छ । बिकास तथा प्रकोप व्यवस्थापन केन्द्र (सिडिएम)को आयोजना तथा सियारी गाउँपालिकाको आयोजनामा एक दिने फोहर व्यवस्थापन कार्यशाला गरिएको हो । 

    कार्यशालामा १६ बिद्यालयका फोकल शिक्षक, पालिका भित्रको युवा संजालका प्रतिनीधि, आमा समुह, टोल विकास सस्थाका प्रतिनीधि लगाएतलाई लक्षित गरी ठोस फोहरको व्यस्थापन कसरी गर्ने भनेर सिकाईएको सिडिएम नेपालका कार्यक्रम संयोजक मधुसुसन पौडेलले जानकारी दिए । 

    सहभागिहरुलाई डोको रिसाईकिल प्रालिका प्रोजेक्ट म्यानेजर नविन भण्डारीले फोहरको बर्गिकरणका बिषयमा प्रशिक्षण दिएको सामाजिक परिचालक दीपक क्षेत्रीले जानकारी दिए । उनले कुईने र नकुईने फोहर बर्गिकरण गरी मल बनाउने तरिका, बिभिन्न जिल्लामा फोहर व्यवस्थापनमा भएका सफल परिक्षणका बिषयमा जानकारी गराईएको बताए । 

    कार्यक्रममा सियारी गाउँपालिका उपाध्यक्ष तारा थारुले घरमा निस्कने फोहरलाई घरमै व्यवस्थापन गर्नु पर्नेमा जोड दिईन । उनले फोहरको व्यवस्थापन गर्न जाने कम्पोष्ट मल पनि बन्ने र अर्को तर्फ घर तथा समाज पनि सफा र सुन्दर देखिने उल्लेख गर्दै फोहर व्यवस्थापनमा लाग्न सबैलाई आग्रह गरिन् ।