२०८३, बैशाख ८ गते

Apr 21 2026 | २०८३, बैशाख ८ गते

इभेन्ट मेनेजमेण्ट सम्बन्धी तालिम सम्पन्न

सोमवार , जेठ २१, २०८१

  • 1.5K
    Shares
  • 1.5K
    Shares
  • भैरहवा, २१ जेठ ।
    चेम्बर अफ कमर्श (उद्योग व्यापार संगठन), रुपन्देहीको आयोजनामा भैरहवामा एकदिने इभेन्ट मेनेजमेण्ट सम्बन्धी तालिम भैरहवामा सम्पन्न भएको छ । युवाहरुलाई सीप विकास तालिम अन्तर्गत कार्यक्रम (तालिम) सञ्चालन गरिएको संगठनका अध्यक्ष दर्पण श्रेष्ठले बताए । उनले आगामी दिनमा पनि यसप्रकारका तालिम सञ्चालन गर्दै जाने बताए । तालिममा १५० जना बढीको सहभागीता रहेको तालिम संयोजक तथा संगठनका कार्यसमिति सदस्य सिकन्दर अलि धुनियाले बताए ।

    तालिमको उद्घाटन गर्दै सिद्धार्थनगर नगरपालिकाकी उपप्रमुख उमा अधिकारीले ’बढ्नुपर्ने बताइन् । उनले भनिन्, ‘सिद्धार्थनगरमा रात्रीकालीन बजार सुरु गर्नुपर्छ । हामी बोर्डर नजिक छौं । पर्यटन क्षेत्रको विकास हामी सबैको चाहना हुनुपर्छ ।’

    447264461_1075321500802431_5727927784913459573_n.jpg

    त्यस्तै सिद्धार्थनगर नगरपालिका वडा नम्बर ९ का वडाअध्यक्ष शेषकान्त भण्डारीले उद्योग व्यापार संगठनले यो कार्यक्रम गरेर युवाहरुलाई केही सिकाउन र आत्मनिर्भर बनाउन प्रयास गरेको बताए । उनले युग अनुसार मानिसमा परिवर्तन आवश्यक रहेकोमा जोड दिए । उनले भने, ‘जनप्रतिनिधिले मात्र गरेर विकास हुँदैन । सबै मिलेर विकास गर्ने हो ।’

    निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन नेपाल (प्याब्सन) का केन्द्रीय उपाध्यक्ष विष्णु प्रसाद पन्थीले इभेन्ट मेनेजमेण्ट शब्द हेर्दा सानो भए पनि यो ठूलो विषय भएको बताए । उनले भने, ‘यो ठूलो विषय हो । सोचे जस्तो सजिलो छैन ।’

    कार्यक्रममा उद्योग व्यापार संगठन, रुपन्देहीका निवर्तमान अध्यक्ष अनिल कुमार ज्ञवाली, संगठनका सल्लाहकार जगत बहादुर रायमाझी, संगठनको लुम्बिनी शाखा प्रमुख कृष्ण बहादुर गुरुङ (अनिल), आस्था महिला उद्यमी संघ भैरहवाकी अध्यक्ष मिनिता थापा क्षेत्रीलगायतले भनाइ राखेका थिए । संगठनकी महासचिव लक्ष्मी अधिकारीको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको थियो ।

    447210310_1075322754135639_5556322009523753008_n.jpg

    तालिमको संगठनका कार्यसमिति सदस्य एवं युनिक बैंक्वेट, भैरहवाका सञ्चालक सिकन्दर अलि धुनिया र रुपन्देही इभेन्टस् व्यवसायी संघ सिद्धार्थनगरका सचिव किरण कुमार श्रेष्ठले सहजीकरण गरेका थिए ।