२०८३, आषाढ १६ गते

Jun 30 2026 | २०८३, आषाढ १६ गते

एसईइ उत्कृष्ट परीक्षा केन्द्रको रुपमा नविन मावि सम्मानित

सोमवार , जेठ २१, २०८१

  • 847
    Shares
  • 847
    Shares
  • भैरहवा । शिक्षा विकास तथा समन्वय इकाइ रूपन्देहीले समसामयिक शैक्षिक सवालहरू परीक्षा र मूल्याङ्कन प्रणाली सुदृढीकरणका बिषयमा अन्तरक्रिया गरेको छ। 

    जिल्ला समन्वय समिति, जिल्ला परीक्षा समन्वय समिति, शिक्षा विकास तथा समन्वय इकाई र रूपन्देहीका १६ वटा स्थानीय तहका शिक्षा शाखा प्रमुख र कक्षा १० तथा कक्षा १२ को परीक्षाका परीक्षा केन्द्राध्यक्षहरु बीच अनतरक्रिया गरिएको हो । 

    जिल्ला समन्वय समिति रुपन्देहीका प्रमुख उमाकान्त चपाईले एसइईको परीक्षा केन्द्र निर्धारण गर्दा भौतिक पूर्वाधारमा कमजोर भएका विद्यालयमा परीक्षा केन्द्र निर्धारण गर्न नहुने बताए। उनले विद्यालयहरुले आगामी दिनमा परीक्षालाई थप सुधार तथा व्यवस्थित गर्न निर्देशन दिए । 

    रूपन्देहीका प्रमुख जिल्ला अधिकारी गणेश अर्यालले रुपन्देहीलाई शैक्षिक हवको रुपमा बिकास गर्नका लागि सबै बिद्यालयमा शैक्षिक सुधार गर्न आग्रह गर्नुभयो । नेपालमै उत्कृष्ट ठहरिएका कालिका मानवज्ञान, शान्ति नमुना, कान्ति र नवीन औद्योगिक कदर बहादुर रीता मा.वि. सहित अन्य बिद्यालयको पनि शैक्षिक सुधार गर्नु पर्नेमा जोड दिए । 

    शिक्षा विकास तथा समन्वय इकाई रुपन्देहीका इकाई प्रमुख माधव बन्जाडे रुपन्देही जिल्लाको शैक्षिक झलक लगायत समसामयिक अवस्था बारेमा प्रस्तुतीकरण गर्नु भएको थियो ।त्यस्तै नेपाल सरकारका पुर्व सह सचिव डा. भोजराज काफ्लेले नेपाल र विदेशको शिक्षामा भएका असल अभ्यासहरू र अनुभवहरुको सम्बन्धमा कार्यपत्र पेश गरेका थिए ।  

    एसइइ परीक्षामा रूपन्देही जिल्लाका ५ वटा परीक्षा केन्द्रहरूमध्ये उत्कृष्ट केन्द्राध्यक्षको भूमिका निर्वाह गरेको भन्दै नवीन औद्योगिक कदर बहादुर रीता मावि  बुटवलका प्रधानाध्यापक प्रेमबहादुर बस्नेतलाई सम्मान गरिएको छ ।

    नवीनमा एसइइ २०७९ मा नेपालको सबैभन्दा ठूलो परीक्षा केन्द्रको रुपमा ९३१ जनाले परीक्षा दिएका थिए । बिद्यालयले आबश्यक सम्पुर्ण तयारी तथा व्यवस्थापन पुर्ण रुपमा गरेकाले नविनका प्र.अ.लाई सम्मान गरिएको शिक्षा समन्वय इकाईले जनाएको छ ।