२०८२, भाद्र ११ गते

Aug 27 2025 | २०८२, भाद्र ११ गते

समाजसेवी अमित गुप्तालाई ‘लुम्बिनी विश्व शान्ति सम्मान’

बुधवार , जेठ १६, २०८१

  • 763
    Shares
  • 763
    Shares
  • भैरहवा, १६ जेठ ।
    युवा समाजसेवी अमित कुमार गुप्ता ‘लुम्बिनी विश्व शान्ति सम्मान’–२०२४ बाट सम्मानित भएको छ । गुप्ता जयसवाल सेवा समिति सिद्धार्थनगरका अध्यक्ष समेत हुन् । उनी विभिन्न संघ–संस्थामा आबद्ध छन् । रुपन्देहीको सिद्धार्थनगर नगरपालिका मंगलबार वडा नम्बर ११ स्थित भुजौलीमा आयोजित कार्यक्रममा गुप्तासहित चारजनालाई उक्त सम्मानबाट सम्मानित गरिएको हो ।

    ताईवानका बौद्ध गुरु होय ग्वाङ शी, हरित अभियन्ता हेमन्तराज काफ्ले, समाजसेवी चिकित्सक डा. दिल बहादुर तामाङ र युवा समाजसेवी अमित कुमार गुप्तालाई सम्मान गरिएको लुम्बिनी विश्व शान्ति मंचका संस्थापक अध्यक्ष बासु गौतमले बताए । कार्यक्रममा सिद्धार्थनगर नगरपालिकाकी उपप्रमुख उमा अधिकारी, लुम्बिनी विश्व शान्ति मंचका संस्थापक अध्यक्ष गौतमलगायतले सम्मान गरेका थिए ।

    त्यस्तै बोधिसत्व विहारको सहयोग तथा लुम्बिनी विश्व शान्ति मंचको समन्वयमा सिद्धार्थनगर–१० र ११ का विपन्न, एकल महिला, ज्येष्ठ नागरिक, विद्यार्थीलगायत गरी झण्डै १ हजार जनालाई स्कुल ब्याग, झुल, छाता, खाद्यान्न लगायत सामग्री वितरण गरिएको गौतमले जानकारी दिए । २५६८ औं बुद्ध जयन्तीको अवसर पारेर कार्यक्रम गरिएको उनले बताए ।