२०८३, आश्विन १५ गते

Oct 01 2026 | २०८३, आश्विन १५ गते

रेडक्रस रुपन्देहीद्वारा गण्डकी प्रदेशका विभिन्न जिल्लाको अवलोकन भ्रमण

सोमवार , जेठ १४, २०८१

  • 865
    Shares
  • 865
    Shares
  • भैरहवा, १४ जेठ ।
    आन्तरिक पर्यटन प्रवद्र्धन तथा सिकाई अनुभव साटासाट गर्ने उद्देश्यले नेपाल रेडक्रस सोसाईटी, रुपन्देही जिल्ला शाखाले गण्डकी प्रदेश अन्तर्गत विभिन्न जिल्लाहरुको अवलोकन भ्रमण सम्पन्न गरेको छ । 

    नेपाल रेडक्रस सोसाइटी, रुपन्देही जिल्लाका कोषाध्यक्ष सुशील गुरुङ्गको संयोजकत्व तथा नेपाल रेडक्रस सोसाइटीको केन्द्रिय अध्यक्ष प्रा.सुदर्शन प्रसाद नेपालको उपस्थितिमा भ्रमण कार्यक्रम भएको थियो ।

    विभिन्न जिल्ला शाखाको अवस्था, चलिरहेका योजनाहरु, भावी कार्यक्रम, रक्त सञ्चार सेवा इत्यादिको सम्बन्धमा छलफल, अनुभव आदान–प्रदान सम्पन्न भएको थियो । 

    भ्रमणका क्रममा नेपाल रेडक्रस सोसाइटी, स्याङ्गजा जिल्ला शाखाका सभापति तथा केन्द्रिय सदस्य दिनेश अर्याल, नेपाल रेडक्रस सोसाइटी, कास्की जिल्ला शाखाका सभापति दण्डराज पौडेल तथा नेपाल रेडक्रस सोसाइटी, पर्वत जिल्ला शाखाका सभापति रुद्र रिमालसँग दुईपक्षीय छलफल भएको थियो । 

    त्यसै गरी नेपाल रेडक्रस सोसाइटी, कास्की जिल्ला शाखाको आयोजनामा कास्कीको पोखरा उपमहानगरपालिका वडा नम्बर १७ मा स्थित छोरेपाटन माध्यमिक विद्यालयमा भएको ‘४१ औं जुनियर÷युवा तथा ३० औं शिक्षक नायक गोष्ठी’ मा सहभागीता तथा कास्कीको मादी गाउँपालिका वडा नम्बर १ मा अवस्थित श्री अन्नपूर्ण विद्यालयमा रेडक्रस गतिविधि, जुनियर तथा युवा रेडक्रस अन्तर्गत भइरहेका कार्यक्रमहरु सन्दर्भमा सिकाइ आदानप्रदान गरिएको थियो ।

    आन्तरिक पर्यटन प्रबद्र्धन अन्तर्गत विश्वमा नै नमुना गाउँको रुपमा रहेको कास्कीको अन्नपुर्ण गाउँपालिका वडा नम्बर ११ मा अवस्थित ‘घान्द्रुक’ तथा कास्कीको मादी गाउँपालिका वडा नम्बर १ मा अवस्थित ‘सिक्लेस’ गाउँको पनि अवलोकन गरिएको थियो । जसअन्तर्गत त्यस गाउँको पर्यावरण, आर्थिक गतिविधि, सडक सञ्जाल, वेशभुषा, रहनसहन, गुरुङ्ग संस्कृति, युवाहरुको अवस्था, विपदको जोखिम इत्यादि अध्ययन गरिएको थियो । 

    भम्रण टोलीमा केन्द्रिय अध्यक्ष प्रा.सुदर्शन प्रसाद नेपाल, जिल्ला कोषाध्यक्ष सुशील गुरुङ्ग, उपमन्त्री अर्जुनराज उपाध्याय, उपकोषाध्यक्ष दिनेश पन्थी, कार्यसमिति सदस्य टेक बहादुर थापा, सावित्री सोमरे थापा मगर, अल्ताफ हुसेन खाँ, जानकी घिमिरे लगायतको सहभागीता रहेको थियो ।

    1.jpg

    8.jpeg