२०८३, आश्विन १५ गते

Oct 01 2026 | २०८३, आश्विन १५ गते

प्याब्सन रुपन्देहीका पूर्वअध्यक्ष रसाइलीको निधनमा शोकसभा

शुक्रवार , जेठ ११, २०८१

  • 808
    Shares
  • 808
    Shares
  • भैरहवा, ११ जेठ ।
    शिक्षाविद्, समाजसेवी,  लुम्बिनी शिशु सदन स्कूलका संस्थापक एवं निजी तथा आवासीय विद्यालय अर्गनाइजेशन, नेपाल (प्याब्सन) रुपन्देहीका पूर्वअध्यक्ष यमबहादुर रसाइलीको निधनमा लायन्स क्लब अफ सिद्धार्थनगरले शुक्रबार शोक सभा गरेको छ ।

    क्लबका अध्यक्ष रवि कुमार श्रेस्ठको अध्यक्षता तथा पूर्व अध्यक्षहरु प्रेम कुमार सेन्चुरी, महेशचन्द्र थापा, राजेश खरेल, निवर्तमान अध्यक्ष चन्द्र बहादुर थापा, प्रथम उपाध्यक्ष अर्जुन पौडेल, द्वितीय उपाध्यक्ष धर्मराज आचार्य लगायत पदाधिकारीहरुको उपस्थितिमा भएको सभामा स्व. रसाइलीले पुर्याउनुभएको योगदानको चर्चा गरिएको थियो ।

    WhatsApp Image 2024-05-24 at 6.31.08 PM.jpeg

    सभामा क्लबका सचिव कुलचन्द्र गौतमले शोक सन्देश पढेर सुनाएका थिए । विभिन्न संघ–सस्थामा क्रियाशिल रसायलीको गत जेठ ७ गते निधन भएको थियो ।