२०८२, फाल्गुण २८ गते

Mar 12 2026 | २०८२, फाल्गुण २८ गते

छाडा चौपाया व्यवस्थापनमा प्रदेशले चासो दिन्छ : मुख्यमन्त्री महरा

बिहिवार , जेठ ३, २०८१

  • 976
    Shares
  • 976
    Shares
  • रुपन्देही । लुम्बिनी प्रदेशका मुख्यमन्त्री जोखबहादुर महराले प्रदेश सरकारले छाडा चौपाया व्यवस्थापनमा चासो दिने बताउनु भएको छ । 

    बुटवल शिवनगरस्थित गौशालाको अवलोकन गर्दै मुख्यमन्त्री महराले लुम्बिनी प्रदेशका रुपन्देही, कपिलवस्तु र बाँकेमा छाडा चौपायाको समस्या बढी भएको भन्दै छाडा चौपाया व्यवस्थापन सरकारले आवश्यक रणनीति बनाउन लागेको बताउनु भयो । 

    मुख्य समस्याका रुपमा रहेको छाडा चौपाया व्यवस्थापनमा बुटवलले आफै जे जसरी अगाडि सर्यो यो एकदमै राम्रो कुरा हो, मुख्यमन्त्री महराले भन्नु भयो बुटवललाई हामीले आगामी आर्थिक वर्षमा छाडा चौपाया व्यवस्थापनमा स्थानीय सरकारलाई सपोर्ट गर्ने गरी बजेटको व्यवस्था गछौं । 

    उहाँले स्थानीय सरकारहरुलाई प्रदेश सरकारले छाडा चौपाया व्यवस्थापनमा विशेष साथ दिने र यो समस्याको समाधान गर्ने बताउनु भयो । 

    मुख्यमन्त्री महरालाई गौशालाबारे जानकारी गराउँदै बुटवल उपमहानगरपालिकाका प्रमुख खेलराज पाण्डेयले छाडा चौपाया व्यवस्थापनका चुनौती र स्थानीय सरकारलाई प्रदेश सरकारको साथ आवश्यक रहेको बताउनु भयो । 

    बुटवल उपमहानगरपालिकाले बुटवल ७ शिवनगरमा रहेको गौशालामा नगरभित्रका ५ सय भन्दा बढी छाडा गाइगोरु व्यवस्थापन गरिरहेको छ ।