२०८२, फाल्गुण २८ गते

Mar 12 2026 | २०८२, फाल्गुण २८ गते

होराईजन जिविएसमा साईकाेलोजी अफ माईनसेट सम्बन्धी कार्यशाला

बिहिवार , जेठ ३, २०८१

  • 826
    Shares
  • 826
    Shares
  • भैरहवा । तिलोत्तमा १ ड्राइभर टोलमा रहेको होराईजन जिविएसका बिद्यार्थीहरुलाई साईकाेलाेजी अफ माईनसेट सम्बन्धी कार्याशाला भएको छ । 

    स्कुलले कक्षा ८,९ र १० का बिद्यार्थीहरुका लागि ४ दिवसीय साइकाेलोजी अफ माइन्सेट नामक कार्यशाला गरेको हो । 

    सामाजिक सञ्जाल र वातावरणीय परिवर्तनका कारण बिद्यार्र्थीहरुमा देखिएको बिचलन, त्यसको असरले पढाई र सिकाइमा देखिने प्रभावहरुको जगमा विद्यार्थीमा आधारित अनुसन्धानात्मक कार्यक्रम गरिएको थियो । 

    कार्यक्रममा सहजकर्ताको रुपमा मनिषदेब मिश्र रहेका थिए । विद्यार्र्थीका मनोवैज्ञानिक समस्याहरुको पहिचान, बिष्लेषण र निदान गर्ने उद्देस्यले उक्त कार्यक्रमको सन्चालन गरिएको बिद्यालयका प्राचार्य गोपाल प्रसाद आचार्यले बताए ।

    WhatsApp Image 2024-05-15 at 8.45.59 PM (1).jpeg

    प्रत्येक बिद्यार्थी आफैमा ब्यक्ति हो, ऊ समाजका प्रत्येक समस्याहरुको भुक्त भोगी पनि हो, उसले बोक्ने झोलामा पाठ्यपुस्तक छन् तर त्यो भन्दा वोझिलो गरी उसले मानसिक रूपमा पारिवारिक दवाव, स्कुलको दबाब झेलिरहेको हुन्छ प्राचार्य आर्चायले भने यसकारण कहिलेकाहीँ विद्यार्र्थी विद्यार्थी भन्दा अरु चिज नै बनिदिन्छ । 

    कतिपय अबस्थामा भौतिक उपस्थिति रहे पनि उसको मानसिक उपस्थिति शुन्य हुनसक्छ त्यसैले वेला वेलामा बिद्यार्थीहरुको मानसिक अवस्थाको अध्ययन गरी  शिक्षण क्रियाकलाप प्रभावकारी बनाउनु पर्दछ । 

    बिद्यालयका शैक्षिक निर्देशक जिबनाथ भण्डारीको स्वागत तथा सह प्राचार्य ज्ञानेश्वर ज्ञवालीको सचालनमा कार्यक्रम सम्पन्न भएको थियो ।