२०८३, बैशाख ८ गते

Apr 21 2026 | २०८३, बैशाख ८ गते

साकोस जोखिम विश्लेषण कार्यशाला सम्पन्न

बुधवार , जेठ २, २०८१

  • 976
    Shares
  • 976
    Shares
  • बुटवल, २ जेठ ।
    सहकारी विभागसँगको साझेदारी एवं नेफ्स्कूनको आयोजनामा लुम्बिनी प्रदेशस्तरीय साकोस जोखिम विश्लेषण कार्यशाला रुपन्देहीको बुटवलमा सम्पन्न भएको छ । 
    साकोसहरुमा हुने विभिन्न किसिमका जोखिमहरुबारे जानकारी गराउने, पूर्व सावधानी अपनाउने, समयमै जोखिमको पहिचान गर्ने र समाधान गर्ने ‘टुल्स एण्ड टेक्निक’ उपलब्ध गराउने उद्देश्यले नेफ्स्कूले सातै प्रदेशमा कार्यशाला आयोजना गर्न लागेको नेफ्स्कूनका अध्यक्ष चन्द्र प्रसाद ढकालले जानकारी दिए ।

    कार्यशालाको लुम्बिनी प्रदेश सरकारका उद्योग, पर्यटन तथा सहकारीमन्त्री खड्ग बस्नेतले गरेका थिए । उक्त अवसरमा लुम्बिनी प्रदेशका उद्योग, पर्यटन तथा सहकारी सचिव उमेश ढुङ्गाना, प्रदेश रजिष्ट्रार यमबहादुर कुँवर, लुम्बिनी प्रोस्कूनका अध्यक्ष कृष्ण नेपाल, जिल्ला बचत संघका अध्यक्ष वसन्त ढकाल, नेफ्स्कूनकका सञ्चालक गोपाल प्रसाद गौतम लगायतको सहभागीता रहेको थियो ।

    नेफ्स्कूनका अध्यक्ष चन्द्र प्रसाद ढकालको अध्यक्षता, संघका वरिष्ठ उपाध्यक्ष एवं प्रवक्ता दामोदर अधिकारीको स्वागत तथा नेफ्स्कून सञ्चालक ज्ञानु पौड्यालको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको थियो ।

    1f6e3922-32c0-4140-ac06-5e81f4f8eccb (1).jpeg

    कार्यशालामा १० जिल्लाका ३५ साकोसका ७० जना प्रतिनिधिहरुको सहभागीता रहेको थियो । सहकारी विभागसँगको साझेदारीमा सातै प्रदेशमा आयोजना हुने साकोस जोखिम विश्लेषण कार्यशाला यस अघि बागमती प्रदेशमा गरिसकेको नेफ्स्कून सञ्चालक ज्ञानु पौड्यालले बताइन् । सोहीअनुसार लुम्बिनी प्रदेशको बुटवलमा भएको पौड्यालले जानकारी दिइन् ।