२०८३, आषाढ २८ गते

Jul 12 2026 | २०८३, आषाढ २८ गते

बुटवलमा प्रभातफेरी कार्यक्रम गरी मनाइयो बीमा प्राधिकरणको ५६ औं वार्षिकोत्सव

बुधवार , जेठ २, २०८१

  • 1.1K
    Shares
  • 1.1K
    Shares
  • भैरहवा, २ जेठ ।
    नेपाल बीमा प्राधिकरणको ५६ औं वार्षिकोत्सवको उपलक्ष्यमा रुपन्देहीको बुटवलमा प्रभातफेरी कार्यक्रम गरिएको छ । नेपाल बीमा प्राधिकरण लुम्बिनी प्रदेश कार्यालयले मंगलबार बिहान गरेको प्रभातफेरी राजमार्ग चौराहादेखि सुरु भएर पुष्पलाल पार्क पुगेर समापन भएको थियो ।

    प्रभातफेरीमा नेपाल बीमा प्राधिकरण लुम्बिनी प्रदेश कार्यालय प्रमुख पूर्ण थापासहित विभिन्न जीवन तथा निर्जीव बीमा कम्पनीका कर्मचारी, सर्वेयरहरुको उपस्थिति रहेको थियो । सो अवसरमा बोल्दै थापाले नेपाली बीमा बजार तीव्र गतिमा राम्रो दिशातर्फ अगाडि बढेको बताए । उनले भने, ‘यसले भविष्यमा नेपाली बीमा बजार अझ उत्कृष्ट बन्दै जानेछ भन्ने विश्वस्त छौं ।’

    सहभागीहरुले प्रभातफेरीमा आफूले खरिद गरेको बीमालेखसँग सम्बन्धित कागजातहरु सुरक्षित राखौं, कागजात नभएमा बीमा दावी गर्न समस्या पर्नेबारे समयमै सचेत बनौं । आफ्नो सवारीसाधनको अनिवार्य बीमा गरौं, सम्भावित दुर्घटनाबाट हुने हानी नोक्सानीबाट बचौं । विपद् आउँदा हुँदैन क्षतिको सीमा त्यसैले गरौं आफ्नो जीवन र सम्पत्तिको बीमा, बीमालेख ध्यान दिएर पढ्ने बानी बसालौं, बीमाले दिने सुविधाहरुबारे जानकारी लिएर मात्र बीमा गरौं । बीमा गरौं, सुरक्षित बनौं । दुःखमा सबैले साथ छोड्छन्, दुःखमा साथ दिने भनेकै बीमा हो जस्ता बीमा सचेतना सम्बन्धी लेखिएका प्लेकार्ड लिएका थिए ।

    WhatsApp Image 2024-05-14 at 10.57.53 AM (1).jpeg