२०८२, भाद्र ११ गते

Aug 27 2025 | २०८२, भाद्र ११ गते

लायन्स क्लब अफ सिद्धार्थनगर प्रोग्रेसिभको अध्यक्षमा तिवारी

आइतवार , बैशाख ३०, २०८१

  • 880
    Shares
  • 880
    Shares
  • भैरहवा, ३० वैशाख ।
    लायन्स क्लब अफ सिद्धार्थनगर प्रोग्रेसिभको वर्ष २०२४/०२५ को अध्यक्षमा संजोग राज तिवारी सर्वसम्मत निर्वाचित भएका छन् । शनिबार भैरहवामा सम्पन्न क्लबको कार्यसमितिको निर्वाचनबाट अध्यक्षमा तिवारी सर्वसम्मत निर्वाचित भएका हुन् ।

    प्रमुख निर्वाचन अधिकृत तथा क्लबका पूर्वअध्यक्ष सुनिल सेन्चुरीका अनुसार क्लबको प्रथम उपाध्यक्षमा अरुण बस्याल, द्वितीय उपाध्यक्षमा गणेश न्यौपाने, तृतीय उपाध्यक्षमा चन्द्रिका धवल, सचिवमा भुवन शर्मा, कोषाध्यक्षमा राम मनोहर जैसवाल, सह-सचिवमा सीम्स थापा र सह-कोषाध्यक्षमा अस्मित पोखरेल निर्वाचित भएका छन् ।

    436130071_1061413285526586_2453035876175734929_n.jpg

    नवनिर्वाचित अध्यक्ष तिवारीले आफ्नो कार्यकालमा केही न केही राम्रै काम गरेर देखाउनेमा विश्वस्त रहेको बताए । उनले भने, ‘क्लबको गरिमालाई अझ उचो बनाउँछु । ’ लायन्स क्लबमा रहेर आफू भन्दा कम भाग्यशालीलाई सहयोग गर्न पाउँदा खुसीको अनुभुति हुने गरेको उनको भनाइ थियो ।

    कार्यक्रममा बोल्दै प्रमुख अतिथि लायन्स क्लब इन्टरनेशनल डिष्ट्रिक ३२५ पी, नेपाल वर्ष २०२३/०२४ का गभर्नर अर्जुनमान सैंजुले कसैले कमीमजोरी बताए रिसाउनु भन्दा कमीकमजोरीलाई सच्याएर जानुपर्ने बताए । उनले लायन्स क्लब अफ सिद्धार्थनगर प्रोग्रेसिभले डिष्ट्रिक गभर्नर टीमलाई अभिनन्दन गरेको भन्दै धन्यवाद दिए ।

    436221889_1061413312193250_2506861231152614424_n.jpg

    लायन्स क्लब इन्टरनेशनल डिष्ट्रिक ३२५ पी, नेपालका संस्थापक गभर्नर नवराज न्यौपानेले भने, ‘लायन्स क्लब अफ सिद्धार्थनगर प्रोग्रेसिभको माया, ममता कायम रहोस् भन्ने शुभकामना व्यक्त गर्दछु । ’उनले लायन्सले लियोलाई सँगै लिएर अघि बढ्न आग्रह गर्दै आजको लियो भोलिको लायन्स बन्ने बताए ।

    इलेक्ट डिष्ट्रिक गभर्नर पुरुषोत्तम भक्त प्रधानाङ्गले आफूले सिकेका कुरा अरुलाई पनि सिकाउनुपर्नेमा जोड दिए । उनले भने, ‘सफलता पाउनु ठूलो कुरा होइन । तपाईले अरुलाई सफल बनाउनुभयो भने त्यो महत्वपूर्ण कुरा हो ।’

    लायन्स क्लब अफ सिद्धार्थनगर प्रोग्रेसिभ वर्ष २०२३/०२४ का अध्यक्ष मिलन विश्वकर्माले आफ्नो कार्यकालमा साथ दिने र सहयोग गर्ने सबैलाई धन्यवाद दिए । उनले क्लबको नयाँ कार्यसमितिलाई सक्दो सहयोग गर्ने बताए ।

    436319123_1061414568859791_5210692672592325636_n.jpg

    लायन्स क्लब अफ सिद्धार्थनगर प्रोग्रेसिभ वर्ष २०२३/०२४ का अध्यक्ष मिलन विश्वकर्माको अध्यक्षता, कार्यक्रम संयोजक अस्मित पोखरेलको स्वागत, क्लबका सदस्य भुवन शर्माको ध्वजा अभिवादन तथा सचिव गणेश न्यौपानेको सञ्चालनमा सम्पन्न कार्यक्रममा एरिया चिफ अभिनव मयुर कसौधनलगायतले बोलेका थिए ।