२०८३, बैशाख २५ गते

May 08 2026 | २०८३, बैशाख २५ गते

रामग्राम जेसीजद्वारा प्रभावकारी भाषणकला तालिम सञ्चालन

आइतवार , बैशाख ३०, २०८१

  • 967
    Shares
  • 967
    Shares
  • परासी, ३० वैशाख । 
    पश्चिम नवलपरासीस्थित रामग्राम जेसीजले शाखा सदस्य तथा युवाहरुको क्षमता विकास गर्ने उद्देश्यले प्रभावकारी भाषणकला तालिम सञ्चालन गरेको छ । शनिबार पाल्हीनन्दन गाउँपालिकामा आयोजित उक्त तालिममा रामग्राम जेसीजका सदस्य एवं गाउँपालिका अन्तरगतका युवाहरुको सहभागिता रहेको थियो ।

    गाउँपालिकाको सहयोगमा युवाहरुको क्षमता विकास गर्ने उद्देश्यले वार्षिक योजना अन्तरगत प्रभावकारी भाषणकला तालिम सञ्चालन गरिएको रामग्राम जेसीज वर्ष २०२४ का अध्यक्ष मोहन पौडेलले जानकारी दिए । तालिमले सदस्य युवाहरुको भाषणकलामा निखारपन ल्याउने र समुदायमा नेतृत्वदायी भुमिका खेल्न सक्ने क्षमताको विकास गर्ने अध्यक्ष पौडेलले बताए । प्रशिक्षणको माध्यमबाट जेसीजमा आबद्ध युवाहरुको नेतृत्व र व्यक्तित्व विकास गर्ने उद्देश्यले रामग्राम जेसीजले वर्ष २०२४ लाई तालिम वर्षको रुपमा मनाउने क्रममा विभिन्न प्रभावकारी तालिमहरु सञ्चालन गर्दै आएको उनले जानकारी दिए ।

    तालिमको उद्घाटन गर्दै पाल्हीनन्दन गाउँपालिकाकी उपाध्यक्ष फातिमा खातुन अन्सारीले युवाहरुको आवश्यकतालाई मध्यनजर गर्दै आयोजना गरिएको यस किसिमको तालिम निकै प्रभावकारी हुने र युवाहरुमा आत्मविश्वास बढ्ने विश्वास व्यक्त गरिन् । तालिमले बोल्न सक्दिन भन्नेका लागि हिनता बोध हटाउन सहयोग पुग्ने अपेक्षा व्यक्त गर्दै तालिमबाट सिकेका सीपलाई व्यवहारमा लागू गर्न जोड दिइन् । उनले गाउँपालिकाले आगामी दिनमा पनि जेसीजसँग सहकार्य गरी युवाहरुको क्षमता विकास र सशक्तिकरणका तालिमहरु सञ्चालन गर्ने प्रतिवद्धता व्यक्त गरिन् ।

    तालिममा नेपाल जेसीजका प्रशिक्षक रमेश अर्यालले प्रभावकारी भाषण कलाको विषयमा प्रशिक्षण दिएका थिए । रामग्राम जेसीजका अध्यक्ष मोहन पौडेलको अध्यक्षता तथा गाउँपालिका उपाध्यक्ष फातिमा खातुन अन्सारीको प्रमुख आतिथ्यमा भएको उक्त कार्यक्रममा रामग्राम जेसीजका संस्थापक अध्यक्ष श्याम कुमार बस्याल, रामग्राम महिला जेसीजकी अध्यक्ष विनिता खड्का, प्रशिक्षक रमेश अर्याल, ज्योति विकास बैंक परासी शाखाका प्रबन्धक दीपक अधिकारी, रामग्राम जेसीजका कानूनी सल्लाहकार विष्णुराज राव, तालिम निर्देशक पुरुक्षोत्तम तिवारी, कार्यक्रम संयोजक मनिष गुप्ता, जनसम्पर्क अधिकारी रामप्रसाद पौडेल, सूचना प्रविधि संयोजक अनिरुद्ध ठाकुर, आयुष्मा गुप्ता लगायतले तालिमको महत्वबारे प्रकाश पारेका थिए ।