२०८३, बैशाख २५ गते

May 08 2026 | २०८३, बैशाख २५ गते

चिदिका–रुपन्देही सम्पर्क समाजमा गीता ज्ञवाली

आइतवार , बैशाख ३०, २०८१

  • 964
    Shares
  • 964
    Shares
  • बुटवल, ३० वैशाख ।
    चिदिका–रुपन्देही सम्पर्क समाज बुटवलको अध्यक्षमा गीता ज्ञवाली चयन भएकी छन् । समाजको नवौंं वार्षिक साधारणसभा तथा पाँचौं अधिवेशनले ज्ञवालीको नेतृत्वमा १३ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको हो । जसको उपाध्यक्षमा कमल अर्याल, सचिवमा हेमनाथ ज्ञवाली, कोषाध्यक्षमा रामप्रसाद पन्थी र सह–सचिवमा टेकनारायण टण्डन रहेका छन् । त्यस्तै सदस्यहरुमा दीपक अर्याल, पवन ज्ञवाली, कमल भण्डारी, हरि पन्थी, सन्दीप पौडेल, इस्लाम अलि, बर्कत अलि र बलराम पन्थी रहेका छन् । 

    अध्यक्षमा चयन भएपछि ज्ञवालीले अघिल्लो कार्यसमितिले अगाडि सारेका राम्रा कामलाई निरन्तरता दिंदै थप सामाजिक र रचनात्मक काममा समाजलाई अग्रसर बनाउने प्रतिवद्धता व्यक्त गरिन् । 

    यसअघि अधिवेशनको उद्घाटन बुटवल उपमहानगरपालिकाका प्रमुख खेलराज पाण्डेयले गरेका थिए । त्यस अवसरमा बोल्दै उनले यस्ता सम्पर्क समाजले गाउँ र सहरलाई जोड्ने काम गरेको भन्दै बुटवलमा मात्रै ४२ वटा सम्पर्क समाजहरु क्रियाशिल रहेको बताए । उनले विभिन्न जिल्लाबाट बुटवलमा आएर बसोबास गर्नेहरु संगठित हुँदा यसले सिंगो बुटवलको विकासमा समेत सकारात्मक योगदान पुगेको बताए ।

    अर्घाखाँचीको छत्रदेव गाउँपालिका वडा नम्बर १ का वडाअध्यक्ष काजीबाबु ज्ञवालीले समाजले चिदिकाबासीलाई गर्दै आएको सहयोग अमूल्य रहेको भन्दै तर गाउँ रित्तिदै जानु दुःखद रहेको बताए ।

    सिंगो गाउँ सुनसान हुँदा यसले विकास निर्माणलगायत धेरै कुराहरुमा असर गरेको तर बुटवल लगायत आसपासका क्षेत्रमा आएर बसोबास गरेका चिदिकाबासीहरु संगठित भएर सामाजिक र रचनात्मक काम गर्नु भने निकै ठूलो गौरवको कुरा रहेको उनले बताए ।

    समाजका अध्यक्ष केशवराज पन्थीले समाजले आफ्नो कार्यकालमा गरेका गतिविधिहरुबारे प्रकाश पार्दै रक्त सञ्चार सेवा केन्द्र बुटवलमा सबैभन्दा धेरै रक्तदान गर्नेको सूचीमा चिदिका रुपन्देही सम्पर्क समाज रहेको बताए ।

    त्यसअवसरमा समाजका संस्थापक अध्यक्ष पुरुषोत्तम अर्याल, निवर्तमान अध्यक्ष इश्वरी ज्ञवाली, छत्रदेव गाउँपालिका वडा नम्बर १ का वडा सदस्य फिरोज खान, ठूलापोखरा रुपन्देही सम्पर्क समाजका अध्यक्ष ज्ञानप्रसाद पौडेल, भगवती रुपन्देही सम्पर्क समाजका अध्यक्ष ताराप्रसाद पाण्डे, खुद्रा किराना व्यवसायी संघकी प्रथम उपाध्यक्ष राधा आचार्य भुसाल, समाजका सचिव जीवनाथ अर्याल लगायतले मन्तव्य व्यक्त गरेका थिए । कार्यक्रममा संस्थाका अध्यक्ष केशवराज पन्थीले वार्षिक प्रतिवेदन र कोषाध्यक्ष कमल अर्यालले आर्थिक प्रतिवेदन प्रस्तुत गरेका थिए ।

    कार्यक्रममा समाजलाई नियमित रुपमा कार्यालय उपलव्ध गराएकोमा इन्टरफेस सिस्टमका सञ्चालक एवं समाजका संस्थापक अध्यक्ष पुरुषोत्तम अर्याल, आर्थिक सहयोग पुर्याउने आरम्भ चौतारी लघुवित्त वित्तीय संस्था लिमिटेड र सञ्चारको क्षेत्रबाट सहयोग पुर्याउने प्रेस सल्लाहकार लक्ष्मण पौडेललाई सम्मान गरिएको थियो ।