२०८३, श्रावण ३१ गते

Aug 16 2026 | २०८३, श्रावण ३१ गते

ओम्स लुम्बिनी र स्वयंसेवी रक्तदाता समाजको आयोजनामा बुटवलमा रक्तदान

शनिवार , बैशाख २९, २०८१

  • 979
    Shares
  • 979
    Shares
  • भैरहवा, २९ वैशाख ।
    बजार व्यवस्थापन तथा विक्री कर्मचारी संघ (ओम्स) नेपाल लुम्बिनी ईकाई, बुटवल तथा नेपाल स्वयंसेवी रक्तदाता समाज, रुपन्देहीको संयुक्त आयोजनामा शनिबार रुपन्देहीको बुटवलमा बृहत रक्तदान कार्यक्रम सम्पन्न भएको छ । सामाजिक उत्तरदायित्व अन्तर्गत रक्तदान कार्यक्रमको आयोजना गरिएको कार्यक्रम संयोजक राम भण्डारीले बताए ।

    ब्लड बैंक, बुटवलमा भएको कार्यक्रममा ७१ यूनिट रगत संकलन भएको कार्यक्रम संयोजक तथा संस्थाका सह–कोषाध्यक्ष दिपेन्द्र भण्डारीले बतए ।

    कार्यक्रममा बोल्दै प्रमुख अतिथि बुटवल उपमहानगरपालिकाका प्रमुख खेलराज पाण्डेयले बुटवलमा छाडा चौपायाको समस्या समाधानमा सहकार्य गर्दै अघि बढेको बताए । उनले ऐतिहासिक जितगढी किल्लाको व्यापक प्रचारप्रसार गरी आन्तरिक तथा बाह्य पर्यटन प्रवद्र्धन गर्ने कुरामा आशावादी रहेको बताए ।

    त्यस्तै विशिष्ट अतिथि बुटवल उपमहानगरपालिका–४ का वडाअध्यक्ष नरिश्वर पौडेलले रक्तदान महान कार्य भएको बताए ।

    ओम्स नेपालका केन्द्रीय अध्यक्ष सुर्य पराजुलीले सामाजिक कार्यमा अग्रसर दुवै संस्थाको संयुक्त कार्यक्रमले भाईचाराको सम्बन्ध अझै प्रगाढ हुने बताए ।

    ओम्स नेपालका लुम्बिनी ईकाई अध्यक्ष अर्जुन प्रसाद नेपालको अध्यक्षता तथा अर्जुन पौडेलको सञ्चालनमा भएका कार्यक्रममा नेपाल स्वयंसेवी रक्तदाता समाजका रुपन्देहीका अध्यक्ष कृष्ण चौहान, ओम्स नेपालका उपमहासचिव अमर कुमार बस्नेत, ओम्स नेपाल लुम्बिनी प्रदेश अध्यक्ष गंगासागर पन्थी, ओम्स लुम्बिनीका संरक्षक युवराज खनालले भनाइ राखेका थिए ।

    WhatsApp Image 2024-05-11 at 6.11.40 PM.jpeg

    कार्यक्रम पश्चात् रक्तदाताहरुले यो कार्यक्रममा सहभागी हुन पाउँदा खुसीको अनुभुति भएको भन्दै आयोजकप्रति धन्यवाद ज्ञापन गरे । कार्यक्रमको प्रवद्र्धकमा बजार व्यवस्थापन तथा विक्री कर्मचारी संघ (ओम्स) नेपाल लुम्बिनी प्रदेश कमिटी रहेको थियो ।