२०८३, आषाढ १६ गते

Jun 30 2026 | २०८३, आषाढ १६ गते

विपद् जोखिम न्यूनीकरण योजना सम्बन्धी अभिमुखीकरण

शुक्रवार , बैशाख २८, २०८१

  • 1.1K
    Shares
  • 1.1K
    Shares
  • भैरहवा, २८ वैशाख ।
    विश्व रेडक्रस दिवसको अवसरमा विपद् जोखिम न्यूनीकरण योजना, नीति र राष्ट्रिय विकास परिदृश्य सम्बन्धी अभिमुखीकरण कार्यक्रम रुपन्देहीको भैरहवामा सम्पन्न भएको छ । नेपाल रेडक्रस सोसाइटी रुपन्देही जिल्ला शाखाको आयोजना एवं शहरी पूर्व तयारी तथा आपत्कालिन प्रतिकार्य प्रवद्र्धन परियोजना (सुपर) को सहयोगमा उक्त कार्यक्रम भएको हो ।

    कार्यक्रममा रेडक्रस सोसाइटी अन्तर्गत रुपन्देही जिल्लाका २० वटै उपशाखाबाट प्रतिनिधिहरुको सहभागीता रहेको रेडक्रस रुपन्देहीका मन्त्री राम चन्द्र उपाध्यायले बताए ।
    रेडक्रस सोसाइटी रुपन्देहीको सभापति दीपक क्षेत्रीको अध्यक्षता, रेडक्रस लुम्बिनी प्रदेश अध्यक्ष लाल प्रसाद पंगेनी (कृष्ण) को प्रमुख आतिथ्यता, रुपन्देही उपसभापति रुपमा हिराचनको स्वागत तथा मन्त्री राम चन्द्र उपाध्यायको सञ्चालनमा भएको कार्यक्रममा पूर्व केन्द्रीय सदस्य महेन्द्र कुमार श्रेष्ठ, उपसभापति मित्रलाल न्यौपाने, कोषाध्यक्ष सुशील गुरुङ्ग लगायतले बोलेका थिए ।