भैरहवा, २७ वैशाख ।
राष्ट्रिय युवा संघ, नेपालको ३५ औं स्थापना दिवसको अवसरमा संघको ओमसतिया गाउँ कमिटीले बिहीबार शैक्षिक सामग्री वितरण गरेको छ । संघले ओमसतिया–३ हाटीफर्साटिकरस्थित श्री जनता आधारभुत विद्यालयमा गरिब तथा जेहेन्दार १५० जना विद्यार्थीहरुलाई कापी, पेन्सिल, भित्तेघडी लगायत सामग्री प्रदान गरेको हो ।
कार्यक्रममा बोल्दै राष्ट्रिय युवा संघ स्थायी कमिटी सदस्य किरन नेपालले ओमसतिया गाउँ कमिटीले विभिन्न रचनात्मक कार्यक्रम गर्दै आएको बताए । उनले आगामी दिनमा पनि मानव सेवालाई प्राथमिकता राखी काम गर्न आग्रह गरे ।
उक्त कार्यक्रममा राष्ट्रिय युवा संघ रुपन्देही जिल्ला अध्यक्ष विकास जंग बस्नेत, जिल्ला कोषाध्यक्ष नारायण थापा, ओमसतिया गाउँपालिका कमिटी इञ्चार्ज जे.पी. रायको उपस्थिति रहेको थियोे । भरतराज भट्टराईको अध्यक्षता रहेको कार्यक्रमको सञ्चालन अनुप मल्लले गरेका थिए ।