images
images

सोमवार, जेठ ७ गते २०८१

राईजिङ्ग सन युथ क्लबद्वारा वृद्धाश्रममा खाद्यान्न वितरण

राईजिङ्ग सन युथ क्लबद्वारा वृद्धाश्रममा खाद्यान्न वितरण

images
images
images
बिहिवार, बैशाख २७ २०८१
बिहिवार, बैशाख २७ २०८१
  • राईजिङ्ग सन युथ क्लबद्वारा वृद्धाश्रममा खाद्यान्न वितरण

    भैरहवा, २७ वैशाख ।
    राईजिङ्ग सन युथ क्लबले वृद्धाश्रममा खाद्यान्न सामग्री वितरण गरेको छ । क्लबले माता तीर्थ औंसीको अवसर पारेर बुधबार रुपन्देहीको ओमसतिया गाउँपालिका–४ बालापुरस्थित श्री सत्य साई वृद्ध सेवा आश्रममा खाद्यान्न वितरण गरेको हो ।

    images
    images
    images

    क्लबका संस्थापक अध्यक्ष बिशाल श्रेष्ठले क्लबले पहिलो कार्यक्रम सिद्धार्थ बालगृहमा गरेको बताए । उनले सिद्धार्थ बाल गृहमा पनि खाद्यान्न वितरण गरिएको जानकारी दिए । उनले भने, ‘क्लबका पदाधिकारी र कार्यसमिति सदस्यहरुको सहयोगमा वृद्धाश्रमलाई खाद्यान्नसहित दैनिक उपभोग्य सामग्री वितरण गरिएको हो । ’ आर्थिक मन्दीका बाबजुद बेला पनि सामाजिक कार्यलाई निरन्तरता दिएका छौं । ’ अध्यक्ष श्रेष्ठले आगामी दिनमा खेलकुदका कार्यक्रमसँगै लागूऔषध दुव्र्यसनीविरुद्ध जनचेतनामूलक कार्यक्रम गर्ने सोच रहेको बताए ।

    क्लबका उपाध्यक्ष कृष्ण मल्ल ठकुरीले श्री सत्य साई वृद्ध सेवा आश्रममा कार्यक्रम गर्न पाउँदा निकै खुसीको अनुभुति भएको बताए । उनले क्लबले आगामी दिनमा पनि सामाजिक कार्यलाई निरन्तरता दिदै जाने बताए । उनले भने, ‘सामाजिक कार्यका लागि नै क्लबको गठन भएको हो । विभिन्न सामाजिक कार्यलाई निरन्तरता दिदै जानेछौं ।’

    राईजिङ्ग सन युथ क्लबका सचिव प्रविन आचार्यले आश्रममा चामल, आटा, भुजा, तेल, बिस्कुट, सोयाबीन, सरफलगायतका सामग्री वितरण गरिएको बताए ।

    श्री सत्य साई वृद्ध सेवा आश्रमकी अध्यक्ष माया खरेलले भनिन्, ‘यहाँहरुले गर्नुभएको माया र सहयोगकै कारण आश्रम यहाँसम्म आइपुगेको छ । आश्रमलाई सबैको साथ र सहयोगको खाँचो छ ।’

     

    images
    images
    images
    लोकप्रीय
    थप समाचार

    Copyright © All right reserved to khabarpatro Site By: sobij