२०८२, कार्तिक २५ गते

Nov 11 2025 | २०८२, कार्तिक २५ गते

श्री संजय साई सेवा समूह रुपन्देहीद्वारा ह्वील चेयर वितरण

बुधवार , बैशाख २६, २०८१

  • 715
    Shares
  • 715
    Shares
  • भैरहवा, २६ वैशाख ।
    भैरहवामा अपांगता भएका व्यक्तिहरुलाई ह्वील चेयर वितरण गरिएको छ । श्री संजय साई सेवा अर्गनाईजेशन, नेपाल केन्द्रीय कार्यालय काठमाडौं अन्तर्गत श्री संजय साई सेवा समूह नेपाल रुपन्देही, भैरहवाले मंगलबार एक कार्यक्रमकाबीच ह्वील चेयर वितरण गरेको हो । 

    कार्यक्रममा ९ वटा ह्वील चेयर र एउटा वैशाखी वितरण गरिएको समूहको रुपन्देहीका अध्यक्ष राजेन्द्र थापाले बताए । अपांगता भएका व्यक्तिहरुलाई केही भए पनि सहयोग पुगोस् भन्ने उद्देश्यले ह्वील चेयर वितरण गरिएको थापाले बताए । श्री संजय साई सेवा समूह नेपाल रुपन्देही, भैरहवाले यसअघि पनि विभिन्न सामाजिक कार्य गर्दै आएको उनले बताए ।

    IMG_8008.JPG

    कार्यक्रममा बोल्दै सिद्धार्थनगर नगरपालिकाका प्रमुख इश्तियाक अहमद खानले ह्वील चेयरले अपांगता भएका व्यक्तिहरुलाई केही न केही सहज हुने बताए । उनले भने, ‘श्री संजय साई सेवा समूह नेपाल रुपन्देही, भैरहवाले राम्रो काम गरेको छ । अपांगता भएका व्यक्तिहरुलाई प्रोत्साहन गर्नुपर्छ । आफ्नो कमाइको केही प्रतिशत सामाजिक कार्यमा लगाउन सके समाजको विकासमा टेवा पुग्छ । ’

    नगरप्रमुख खानले सिद्धार्थनगरलाई फूलैफूलको शहर बनाउने लक्ष्य रहेको भन्दै पर्यटकलाई आकर्षित र नगरलाई हराभरा बनाउन सके पर्यटकको बसाइ लम्ब्याउन सकिने धारणा राखे ।

    नगर उपप्रमुख उमा अधिकारीले नाला, सडक बनाउनु मात्र विकास नभएको बताइन् । उनले अपांगता भएका व्यक्तिहरुलाई ह्वील चेयर वितरण गर्नु सेवा भएको भन्दै यस्तो सेवामा समाजको ध्यान जानुपर्नेमा जोड दिइन् । उनले भनिन्, ‘राज्यबाट पाउनुपर्ने सम्पूर्ण सेवासुविधा अपांगता भएका व्यक्तिले पाउनुपर्छ ।’

    सिद्धार्थनगर–६ का वडाअध्यक्ष विरेन्द्रनाथ श्रीवास्तवले श्री संजय साई सेवा समूह नेपाल रुपन्देही, भैरहवाले पुनित कार्य गरेको र आगामी दिनमा पनि निरन्तरता दिन आग्रह गरे ।

    नेपाल क्यान्सर सहयोग समूहका केन्द्रीय अध्यक्ष दिलिप भट्टराईले श्री संजय साई सेवा समूह रुपन्देहीले सेवालाई प्राथमिकता दिदै आएको बताए ।

    कार्यक्रम संयोजक विरेन्द्र ज्ञवालीले परोपकार जीवनको लक्ष्य भएको बताए । उनले अपांगता भएका व्यक्तिहरुलाई केही भए पनि सहयोग पुगोस् भन्ने उद्देश्यले ह्वील चेयर वितरण गरिएको बताए ।

    IMG_8043.JPG

    श्री संजय साई सेवा समूह नेपाल रुपन्देहीका अध्यक्ष राजेन्द्र थापाको अध्यक्षता, सिद्धार्थनगर नगरपालिकाका प्रमुख इश्तियाक अहमद खानको प्रमुख आतिथ्यता, नगर उपप्रमुख उमा अधिकारीको विशिष्ट आतिथ्यता, कार्यक्रम संयोजक विरेन्द्र ज्ञवालीको स्वागत तथा समूहका महासचिव कुमार के.सी.को सञ्चालनमा कार्यक्रम सम्पन्न भएको थियो ।

    WhatsApp Image 2024-05-08 at 5.47.10 AM.jpeg