२०८३, श्रावण ३१ गते

Aug 16 2026 | २०८३, श्रावण ३१ गते

लायन्स बुटवल स्टार्समा अर्याल

मंगलवार , बैशाख २५, २०८१

  • 988
    Shares
  • 988
    Shares
  • बुटवल, २४ वैशाख ।
    लायन्स क्लब अफ बुुटवल स्टार्सको वर्ष २०२४—२०२५ को लागि नयाँ नेतृत्व चयन भएको छ । क्लबको आगामी वर्षको लागि नयाँ अध्यक्षको रुपमा भुपेन्द्र अर्याल निर्वाचित भएका छन् । आइतबार सम्पन्न कार्यक्रमबाट १५ सदस्यीय कार्यसमितिको प्रथम उपाध्यक्षमा राजन जि.सी., द्वितीय उपाध्यक्षमा ढकेश्वर भट्टराई, तृतीय उपाध्यक्षमा किरण कुमार केसी, सचिवमा रामबहादुर शाही, कोषाध्यक्षमा गोकुल तिवारी, पि.आर.ओ पिताम्बर अर्याल र सह–सचिवमा अब्दुल सलामत चयन भएका हुन् ।

    त्यस्तै सह–कोषाध्यक्षमा कृष्ण घर्ती, निर्देशक हेल्थ डा.अन्जनी बर्नवाल, विजय प्रधान, सन्तोष गुप्ता, टेल-ट्वीष्टरमा नविन पन्थी र टेमरमा कमलेश कसौधन निवार्चित भएको निवार्चन आयुुक्त विजय बर्नवाल जानकारी दिए ।

    लायन्स ३२५ वि पि नेपालका इलेक्ट द्वितीय भ्वाईस डिष्ट्रिक गभर्नर तथा संस्थापक अध्यक्ष संदिप कसौधन नवनिर्वाचित पदाधिकारीहरुलाई  शुभकामना दिदै सामाजिक काममा लायन्सकै ईतिहासमा गौरवपूर्ण काम गर्ने अपेक्षा समेत व्याक्त गरे ।

    त्यस्तै कार्यक्रमा पूर्व अध्यक्ष सिनियर डिष्ट्रिक एडभाइजर आशिष कृष्ण श्रेष्ठले  बोल्दै क्लबको गरिमा अझै बडि बढाउनको लागि नयाँ नेतृत्व सफल हुने विश्वास व्यक्त गरे । 
    कार्यक्रममा बोल्दै पूर्वअध्यक्ष तथा इलेक्ट जिएसटी एम.एल.पाण्डे, पूर्वअध्यक्ष तथा इलेक्ट एरिया को–चिफ दिपक भट्टराई, पूर्वअध्यक्ष तथा इलेक्ट जोनचेयर पर्सन एन्जील खानले क्लबले सबै संगको हातेमालो समेत आवश्यक रहेको भन्दै सोहीअनुसारको काम क्लबले अगाडी बढाउनेमा विश्वास व्यक्त गरे ।