२०८३, श्रावण ३१ गते

Aug 16 2026 | २०८३, श्रावण ३१ गते

योग चिकित्सा जागरण सप्ताह सुरु

आइतवार , बैशाख २३, २०८१

  • 934
    Shares
  • 934
    Shares
  • बुटवल, २२ वैशाख । 
    ‘निरोगी बनौं, दीर्घजीवी बनौं, स्वच्छ प्राकृतिक जीवनशैली अवलम्बन गरौं’ भन्ने मूल नाराका साथ रुपन्देहीको सैनामैना नगरपालिका–१ बनकट्टास्थित पदमपाणि योग तथा प्राकृतिक चिकित्सालयमा योग चिकित्सा जागरण सप्ताह सुरु भएको छ । वैशाख २८ गतेसम्म सञ्चालन हुने सो योग चिकित्सा जागरण सप्ताहको उद्घाटन समारोहमा सहभागी वक्ताहरुले प्राकृतिक जीवनशैलीका साथ योग चिकित्सा पद्दति अपनाइ निरोगी र दीर्घजीवी बन्न सबैलाई आग्रह गरेका छन् । 

    कार्यक्रमको उद्घाटन गर्दै सैनामैना नगरपालिकाका प्रमुख फणेन्द्र प्रसाद शर्माले पछिल्लो समय परिवर्तित स्वभाव र आहारबिहारका कारण मानव जीवनशैली बिकराल समस्याग्रस्त बन्दै गएकोमा चिन्ता व्यक्त गरे । उनले योग ध्यान, आयाम, व्यायाम, प्रणायमबाट जीवन सुखमय बन्ने विश्वास व्यक्त गरे । योग तथा प्राकृतिक चिकित्सा पद्दतिका सम्बन्धमा पदमपाणी योग तथा प्राकृतिक चिकित्सालयले पुर्याएको योगदानको चर्चा गर्दै नगरप्रमुख शर्माले यसको बिकास र प्रवद्र्धनका लागि नगरपालिकाकोतर्फबाट भरपुर सहयोग र सहकार्य गर्ने प्रतिवद्धता व्यक्त गरे ।

    कार्यक्रममा योग चिकित्सा जागरण अभियान तथा सहयात्रा राष्ट्रका लागि युवा नेपालका संयोजक डा. निकोलस भुसालले अभियानमा सहभागि भइ प्रयाप्त मात्रामा स्वास्थ्य लाभ लिन सबैलाई आग्रह गरे । उनले धार्मिक, आध्यात्मिक र ज्ञान विज्ञानको समिश्रण नै प्राकृतिक योग तथा चिकित्सा पद्दति भएको दावी गरे । मन र मस्तिष्कलाई स्वच्छ र स्वच्छ राख्न प्राकृतिक चिकित्सा पद्धतीको भुमिका महत्वपुर्ण हुने डा. भुसालको भनाइ थियो । 

    IMG_8287.JPG

    पदमपाणी योग तथा प्राकृतिक चिकित्सालयका अध्यक्ष कमलराज घिमिरेको सभापतित्वमा सम्पन्न सो कार्यक्रममा बाल योगेश्वर बैष्णवानन्द, दिनमणी बस्याल, ध्रुवकुमार घिमिरे, चिन्तामणी शर्मा लगायत विभिन्न योग गुरु तथा विद्धानहरुबाट योग, ध्यान, ज्ञान र विज्ञानको प्रयोगबाट गरिने उपचार पद्दतिका बारेमा जानकारी गराइएको थियो । साथै विभिन्न रोगहरुको उपचारका लागि अपनाउनुपर्ने आहार, बिहार, विार र प्रयोगका बारेमा समेत प्रष्ट पार्दै जीवनमा सुख र समृद्धि प्राप्त गर्ने उपायहरुका बारेमा चर्चा गरिएको थियो ।