२०८२, आषाढ २८ गते

Jul 12 2025 | २०८२, आषाढ २८ गते

मोबाइल व्यवसायी संगठनद्वारा मर्चवारीमा आगलागीपीडितलाई राहत वितरण

आइतवार , बैशाख २३, २०८१

भैरहवा, २३ वैशाख ।
मोबाइल व्यवसायी संगठन, रुपन्देहीले मर्चवारी गाउँपालिका वडा नम्बर ७ मा आगलागीपीडितलाई राहत वितरण गरेको छ । संगठनले शनिबार मर्चवारी–७ का १० घरपरिवारलाई भाडाकुडा तथा लत्ताकपडा वितरण गरेको अध्यक्ष बैजनाथ गुप्ता (बी.एन.)ले बताए ।

आगलागीबाट प्रभावित परिवारलाई केही भए पनि सहयोग पुगोस् भन्ने उद्देश्यले उक्त सामग्री प्रदान गरिएको गुप्ताले बताए । यसअघि रोहिणी र सम्मरीमाई गाउँपालिकाका आगलागीपीडितहरुलाई संगठनले राहत वितरण गरेको उनले जानकारी दिए ।

मर्चवारी–७ मा आयोजित राहत वितरण कार्यक्रममा लुम्बिनी प्रदेश सभा सदस्य कन्हैया बनिया, मोबाइल व्यवसायी संगठन रुपन्देहीका पदाधिकारी, सदस्यहरु, स्थानीयबासीलगायतको उपस्थिति रहेको थियो ।