images
images

शनिवार, जेठ ५ गते २०८१

कर्णाली प्रदेशकै पहिलो चारतारे होटल बन्यो सुर्खेतको सिद्धार्थ होटल

कर्णाली प्रदेशकै पहिलो चारतारे होटल बन्यो सुर्खेतको सिद्धार्थ होटल

images
images
images
आइतवार, बैशाख २३ २०८१
आइतवार, बैशाख २३ २०८१
  • कर्णाली प्रदेशकै पहिलो चारतारे होटल बन्यो सुर्खेतको सिद्धार्थ होटल

    भैरहवा, २३ वैशाख ।
    सिद्धार्थ हस्पिटालिटीको व्यवस्थापनमा सुर्खेतको विरेन्द्रनगरमा सञ्चालन भइरहेको ‘सिद्धार्थ होटल’ कर्णाली प्रदेशकै पहिलो चारतारे होटल बनेको छ । पर्यटन विभागले विरेन्द्रनगरमा रहेको सिद्धार्थ होटललाई चार तारा होटलमा स्तर वर्गीकरण गरेको हो । 

    images
    images
    images

    ‘सिद्धार्थ होटललाई पर्यटन ऐन, २०३५ तथा होटल, लज, रेष्टुराँ, तथा रिजर्ट, बार तथा पथ प्रदर्शक नियमावली, २०३८ मा व्यवस्था भएअनुसार चार तारा होटलमा स्तर वर्गीकरण गरी यो इजाजतपत्र दिइएको छ,’ विभागले भनेको छ । होटलले यसअघि खाद्य व्यवस्था तथा गुणस्तर विभागबाट अतिउत्तम वर्गको समेत वर्गीकरण पाएको थियो । 
    उक्त होटलमा ४ स्विट, ४५ डिलक्स र १५ वटा स्ट्याण्डर्ड प्रकृतिका कोठा रहेका छन् । 

    साथै ४ वटा कन्फ्रेन्स हल, ६ सय जना भन्दा बढी क्षमताको ब्याङ्क्वेट हल, पुल बार रेस्टुरेण्टको मज्जा समेत होटलमा लिन सकिन्छ । त्यस्तै फिटनेस क्लव, स्पा, साउना, स्टिम, जीम, स्विमिङ पुल, ब्यूटीपार्लर लगायतका सुविधा समेत होटलमा समावेश छन् । 

    वि.सं. २०७२ देखि सञ्चालनमा आएको यस होटलमा ७० जनाले प्रत्यक्ष रोजगारी पाइरहेको क्षेत्रीय निर्देशक केशव न्यौपानेले जनाएका छन् । २६ वर्ष अघि टिकापुरबाट व्यवसाय सुरू भएको सिद्धार्थ हस्पिटालिटीले हाल लक्जरी रिसोर्ट, पाँचतारे होटल र विभिन्न स्ट्याण्डर्डका होटल तथा क्याफे गरी देशैभर सेवा सञ्चालन गरिरहेको छ ।

    पूर्वमा विर्तामोडदेखि पश्चिममा महेन्द्रनगरसम्म फैलिएको यस हस्पिटालिटीले २ हजार भन्दा बढी जनशक्तिलाई प्रत्यक्ष तथा अप्रत्यक्ष रुपमा रोजगारी दिदै आएको छ ।

    images
    images
    images
    लोकप्रीय
    थप समाचार

    Copyright © All right reserved to khabarpatro Site By: sobij