images
images

शनिवार, जेठ ५ गते २०८१

बुटवलमा डिभाईन युनिसेक्स सलुनको उद्घाटन

बुटवलमा डिभाईन युनिसेक्स सलुनको उद्घाटन

images
images
images
शनिवार, बैशाख २२ २०८१
शनिवार, बैशाख २२ २०८१
  • बुटवलमा डिभाईन युनिसेक्स सलुनको उद्घाटन

    बुटवल, २२ वैशाख । 
    रुपन्देहीको बुटवल उपमहानगरपालिका–११ कालिकापथमा रहेको डिभाईन युनिसेक्स सलुन एण्ड एकेडेमीको स्किनकेयर र एकेडेमीको शनिबार औपचारिक रुपमा उद्घाटन भएको छ । बुटवल उपमहानगरपालिकाकी उपप्रमुख सावित्रादेवी अर्यालले रिबन काटी सलुनको उद्घाटन गरेकी हुन् ।

    images
    images
    images

    04c203c8-3278-43ad-b0ce-a4ac81a0ac60.jpeg

    कार्यक्रममा बोल्दै प्रमुख अतिथि उपप्रमुख अर्यालले बुटवलमा आफू जनप्रतिनिधि भइसकेपछि महिलाहरुलाई आत्मनिर्भर र रोजगार प्रदान गर्न सौन्दर्य कलाको रुपमा ब्यूटीपार्लरलाई प्राथमिकताका साथ अगाडि बढाउँदै विभिन्न तालिमहरु प्रदान गरेको बताइन् । उनले नगरपालिकाले गत वर्ष  बुटिकको तालिम प्रदान गरेकोमा यस वर्ष फेसन डिजाइनको तालिम प्रदान गरी धेरै भन्दा धेरै महिला दिदीबहिनीहरुलाई यो पेशामा जोडेर रोजगार प्रदान गर्न सकिने बताइन् ।

    उपप्रमुख अर्यालले पछिल्लो समय देशभित्रै केही गर्न सकिन्न भनेर निराश मुद्रामा विदेशीने युवायुवतीलाई नेपालमै रहेर केही गर्नुपर्छ भन्ने दर्बिलो सन्देश प्रितिले दिएकोे बताउँदै अनवरतरुपमा व्यवसायिक सफलताको शुभकामना दिइन् ।

    त्यसै गरी वरिष्ठ सौन्दर्य कला व्यवसायी एवं स्कीन एक्स्पर्ट पुनम श्रेष्ठ, सामाजिक संजालमा चर्चित गोमा ज्ञवाली र नेपाल स्वयंसेवी रक्तदाता समाज रुपन्देहीका जिल्ला सदस्य जानकी नेपाललगायत बोल्दै व्यवसायिक सफलताको शुभकामना दिएका थिए ।

    युवा उद्यमी प्रिती दुलालको एकल लगानीमा सञ्चालनमा ल्याएको सलुन तथा एकेडेमीमा अहिलेसम्म करिब २० लाखको लगानी रहेको छ । गत भदौ महिनामा सञ्चालनमा ल्याइएको सलुनले सेवा दिइरहेको छ । 

    सलुनमा मेकअप स्टुडियो, स्कीन केयर र एकेडेमीको औपचारिक रुपमा सुरुवात गरिएको दुलालले बताइन् । उनले करिब ४ वर्षमा स्कीन, मेकअप  र हेयरको तालिम प्राप्त गरी सलोन तथा एकेडेमी सञ्चालन गरेकी भने ९ वर्ष यही पेशामा आबद्ध थिइन् । उनले एकेडेमीबाट २५ जना भन्दा बढीलाई तालिम प्रदान गरिसकेकी छन् । 
    सञ्चालक प्रिति माइतको आमा दिलमाया दुलालको साथ र सहयोगले प्रिति यो अवस्थामा आउन सफल भएकी हुन् ।

    उद्घाटनका दिन १८० जनाले स्किन टेस्ट सेवा लिएका छन भने पाल्पा, प्यूठान, भैरहवा, कपिलवस्तुलगायतका जिल्लाबाट स्कीन टेष्टका लागि आएका थिए । 
    वरिष्ठ सौन्दर्य कला व्यवसायी एवं स्कीन एक्स्पर्ट पुनम श्रेष्ठले पहिलो दिन स्किन टेस्ट गरेकी थिइन भने नियमित रुपमा सञ्चालक दुलालले नै टेस्ट गर्नेछिन् ।
    सलुनमा ५ जना व्यक्तिले रोजगार प्राप्त गरेका छन् । संस्थाका सञ्चालक प्रिति दुलालको अध्यक्षतामा भएको कार्यक्रमको सञ्चालन पुजा पन्थीले गरेकी थिइन् ।

    images
    images
    images
    लोकप्रीय
    थप समाचार

    Copyright © All right reserved to khabarpatro Site By: sobij