२०८२, भाद्र ११ गते

Aug 27 2025 | २०८२, भाद्र ११ गते

‘लु’ बाट बच्ने उपाय विद्यार्थीलाई सिकाउन रामग्रामका शिक्षकलाई अभिमुखीकरण

शनिवार , बैशाख २२, २०८१

  • 598
    Shares
  • 598
    Shares
  • परासी, २२ वैशाख । 
    पश्चिम नवलपरासीमा तापक्रम वृद्धि भई तातो हावा चल्न थालेपछि सचेतना बढाउन थालिएको छ । तापक्रम बढ्दै गएपछि सम्भावित जोखिमलाई मध्यनजर गर्दै रामग्राम जेसीज र रामग्राम नगरपालिकाद्धारा तातो हावा लु बाट विद्यार्थीलाई जोगाउन शिक्षकहरुलाई अभिमुखीकरण गरिएको छ । 

    नेपाल रेडक्रस सोसाईटी जिल्ला शाखाद्धारा सञ्चालित बृहत सामुदायिक स्वास्थ्य परियोजनाको सहयोगमा गरिएको उक्त कार्यक्रममा रामग्राम नगरपालिका भित्रका सामुदायिक तथा निजी विद्यालयमा स्वास्थ्य शिक्षा अध्यापनरत ५० बढी शिक्षकहरुको सहभागिता रहेको थियो । 

    आ–आफ्नो विद्यालयमा विद्यार्थीलाई लु सम्बन्धी सचेतना सञ्चार गर्न प्रेरित गर्ने उद्देश्यले शिक्षकहरुलाई अभिुखीकरण गरिएको रामग्राम जेसीजका अध्यक्ष मोहन पौडेलले जानकारी दिए । कार्यक्रममा सहभागि शिक्षकहरुले अब आफ्नो विद्यालयका विद्यार्थीहरुलाई लु बाट जोगिने उपाय तथा पूर्व तयारीका विषयमा सिकाएका छन् । 

    कार्यक्रममा रामग्राम नगरपालिकाका स्वास्थ्य शाखाका जनस्वास्थ्य निरीक्षक सुरज हरिजन र शुक्रौली स्वास्थ्य चौकीका ईन्चार्ज बलराम सापकोटाले सहजीकरण गरेका थिए। 

    कार्यक्रममा बोल्दै प्रमुख अतिथि रामग्राम नगरपालिकाका प्रमुख धनपत यादवले तातो हावा लु बाट विद्यार्थीहरु बढी जोखिममा पर्ने भएकोले यसबाट विद्यार्थीलाई बचाउन शिक्षकलाई सचेत गराइएको बताए । लु बाट हुन सक्ने जोखिम न्यूनीकरण गर्न समयमै तयारी र सकेसम्म लु हुनै नदिन आफ्नो विद्यालयका विद्यार्थीहरुलाई सचेत गराउन र विद्यालय नै बन्द गराउनुपर्ने अवस्थाको अन्त्य गर्न उनले जोड दिए ।

    तापक्रम बढ्दै गएकोले रामग्राम नगरपालिबाबाटै जिल्लामा लु व्यवस्थापनको विषयमा सचेतना अभियान शुरुवात भएको बताउँदै उनले गर्मीको समयमा खानपानमा ध्यान दिने, प्रशस्त पानी पिउने, घाममा सकेसम्म नहिँड्ने र हिँड्नै परे सावधानी अपनाउने लगायतका विधि प्रयोग गर्न आग्रह गरे ।

    रामग्राम जेसीजका अध्यक्ष मोहन पौडेलको अध्यक्षतामा भएको उक्त कार्यक्रममा नेपाल रेडक्रस सोसाईटी जिल्ला शाखाका सभापति राजेन्द्र अग्रहरी, नेपाल जेसीजका राष्ट्रिय कार्यकारीणी उपाध्यक्ष सन्दिप अग्रहरी, रामग्राम जेसीजका महासचिव मुकेश नारायण लोनिया, कानूनी सल्लाहकार विष्णुराज राज, उपाध्यक्ष एवं कार्यक्रम संयोजक डा.किरण गुप्ता लगायतले लु बाट बच्ने उपायका बारेमा प्रकाश पारेका थिए ।