images
images

शुक्रवार, जेठ ४ गते २०८१

सिद्धार्थनगरमा अपांगता भएका व्यक्तिहरुलाई सहायता सामग्री वितरण

सिद्धार्थनगरमा अपांगता भएका व्यक्तिहरुलाई सहायता सामग्री वितरण

images
images
images
बिहिवार, बैशाख २० २०८१
बिहिवार, बैशाख २० २०८१
  • सिद्धार्थनगरमा अपांगता भएका व्यक्तिहरुलाई सहायता सामग्री वितरण

    भैरहवा, २० वैशाख ।
    रुपन्देहीको सिद्धार्थनगर नगरपालिकामा शारीरिक रुपमा अशक्त व्यक्तिहरुलाई निःशुल्क सहायता साम्रगी उपलब्ध गराइएको छ । शारीरिक रुपमा अशक्तहरुलाई लक्षित गर्दै अपाङ्ग बाल अस्पताल तथा पुनस्र्थापन केन्द्रको सहकार्यमा सिद्धार्थनगर नगरपलिकाको कार्यालयले गत फागुनमा निःशुल्क स्वास्थ्य परिक्षण शिविरको आयोजना गरेको थियो ।

    images
    images
    images

    सो अवसरमा खुट्टामा समस्या भएका १२ जना व्यक्तिहरुलाई आवश्यक देखिएको विशेष किसिमको जुत्ता (सहायता साम्रगी) का लागि उनीहरुको खुट्टाको नाप लिइएको थियो । नाप पश्चात तयार भएको जुत्ता सम्बन्धित व्यक्तिहरुलाई उपलब्ध गराइएको सिद्धार्थनगर नगरपालिकाकी उपप्रमुख उमा अधिकारीले जानकारी दिइन् । जसमध्ये ६ जनाले केन्द्रको कार्यालयमै पुगेर जुत्ता लिएको र ६ जनालाई नगरपालिकाको कार्यालयमा उपलब्ध गराइएको हो । उनले शिविर र सहायता सामग्रीमा सिद्धार्थनगरसहित अन्य पालिकाबासीहरुलाई पनि सेवा दिइएको बताइन् ।

    ‘सञ्चालित शिविरमा सिद्धार्थनगरसहित अन्य पालिकाबासीहरु पनि सेवा लिन आएपछि सेवा भावले हामीले उनीहरुलाई पनि सेवा दिएका थियौं’ उपप्रमुख अधिकारीले भनिन्, ‘जसअनुसार अन्य पालिकाबासीहरुलाई पनि तयार जुत्ता उपलब्ध गराएका छौं ।’ नगरपालिकाको कार्यालयमा सिद्धार्थनगरका ३ जना, सियारी, कोटहीमाई गाउँपालिका र लुम्बिनी साँस्कृतिक नगरपालिका १–१ जनालाई खुट्टाको नाप अनुसार जुत्ता उपलब्ध गराइएको छ ।

    उपलब्ध गराइएको जुत्ताले खुट्टामा देखिएको समस्यालाई बढ्न नदिइ रोकथाम गर्ने र सुधार गर्नमा मद्दत पुर्याउने अपाङ्ग बाल अस्पताल तथा पुनस्र्थापन केन्द्रका फोकल पर्सन राजाराम चौधरीले बताए ।

    शारीरिक रुपमा अशक्तहरुका लागि सिद्धार्थनगरको स्थानीय समन्वय समितिले अपाङ्गता वर्गीकरण अनुसार सेवासुविधा पाउने गरी परिचयपत्र र शिविर सञ्चालन गरी निःशुल्क सहायता सामग्री र उपचार लागि आवश्यक समन्वय गरी सेवा प्रदान गर्दै आएको छ ।

     

    images
    images
    images
    लोकप्रीय
    थप समाचार

    Copyright © All right reserved to khabarpatro Site By: sobij