images
images

शुक्रवार, जेठ ४ गते २०८१

राईजिङ्ग सन युथ क्लबद्वारा सिद्धार्थ बालगृहलाई खाद्यान्न वितरण

राईजिङ्ग सन युथ क्लबद्वारा सिद्धार्थ बालगृहलाई खाद्यान्न वितरण

images
images
images
बिहिवार, बैशाख २० २०८१
बिहिवार, बैशाख २० २०८१
  • राईजिङ्ग सन युथ क्लबद्वारा सिद्धार्थ बालगृहलाई खाद्यान्न वितरण

    भैरहवा, २० वैशाख ।
    राईजिङ्ग सन युथ क्लब भैरहवा, रुपन्देहीले बालगृहलाई खाद्यान्न सामग्री वितरण गरेको छ । क्लबले बुधबार मायादेवी गाउँपालिका–८ लुम्बिनीरोडस्थित सिद्धार्थ बाल गृहलाई उक्त सामग्री हस्तान्तरण गरेको हो ।

    images
    images
    images

    केही महिना अघि मात्रै स्थापना भएको क्लबले पहिलो कार्यक्रम बालगृहमा गरेको संस्थापक अध्यक्ष बिशाल श्रेष्ठले बताए । उनले भने, ‘बालगृहमा कार्यक्रम गर्न पाउँदा निकै खुसी भएका छौं । हामीले यहाँ प्रदान गरेका सामग्रीहरु स्वदेशी उत्पादन हुन् । सबैलाई स्वदेशी उत्पादनको प्रयोग गर्न आग्रह गर्न चाहन्छु । ’ क्लबले सामाजिक कार्यलाई निरन्तरता दिदै जाने उनको भनाइ छ ।

    हाल दुबईमा रहेकी बिनु थापा खत्री र क्लबकै कार्यसमिति सदस्यहरुको स्वेच्छिक सहयोगबाट बालगृहलाई तेल, अण्डा, बिस्कुट, चिउरा, फ्रुटी, दाल, फुरनदाना, चामल, दाल, आटालगायत सामग्री प्रदान गरिएको उनले बताए ।

    क्लबका उपाध्यक्ष कृष्ण मल्ल ठकुरीले हालै स्थापना भएको क्लबले पहिलो कार्यक्रम सिद्धार्थ बाल गृहमा गरिएको बताए । उनले भने, ‘सामाजिक कार्य गर्ने उद्देश्यले क्लबको स्थापना गरेका हौं । समाजलाई फाइदा पुग्ने गरी कार्यक्रम अघि बढाउँछौं । ’ क्लबले यस्ता कार्यक्रमलाई निरन्तरता दिने उनले बताए । 

    कार्यक्रममा बोल्दै सिद्धार्थ बाल गृहकी सञ्चालक कृष्णमाया गुरुङले सुरुको कार्यक्रम बालगृहबाट कार्यक्रम सुरु गरौं भन्ने सोच आफैमा राम्रो रहेको बताइन् । उनले भनिन्, ‘यो संस्थाले बालगृहलाई रोजेकोमा खुसी लागेको छ । आगामी दिनमा पनि यो संस्थाबाट सहयोगको अपेक्षा गरेका छौं । ’राईजिङ्ग सन युथ क्लबका सचिव प्रविन आचार्यले सामाजिक कार्य आवश्यक रहेकोमा जोड दिए ।

    IMG_7218.JPG

    images
    images
    images
    लोकप्रीय
    थप समाचार

    Copyright © All right reserved to khabarpatro Site By: sobij