२०८३, आषाढ १६ गते

Jun 30 2026 | २०८३, आषाढ १६ गते

सशस्त्र प्रहरीको समन्वयमा वडवलियामा सरसफाई

बिहिवार , बैशाख २०, २०८१

  • 766
    Shares
  • 766
    Shares
  • भैरहवा, २० वैशाख ।
    सशस्त्र प्रहरी बल, नेपाल बिओपि वयरघाट र प्रहरी चौकी कालीदहको समन्वयमा रुपन्देहीको वडवलिया नाकामा बिहीवार सरसफाई कार्यक्रम भएको छ । 

    भगवान गौतमबुद्धको जन्मस्थल लुम्बिनीदेखि करिब ७ किलोमिटर दक्षिण क्षेत्रमा रहेको नेपाल भारत सीमा नाकामा सरसफाई कार्यक्रम गरिएको सशस्त्र प्रहरी वल बिओपि वयरघाटका सशस्त्र प्रहरी निरीक्षक विवेक पोख्रेलले बताए । प्रहरी र सर्वसाधारणबीच एकआपसमा सहकार्यको वातावरण सिर्जना गर्नका लागि सीमा नाकामा सरसफाई कार्यक्रम आयोजना गरिएको पोख्रेलले बताए । उनले भने, ‘सशस्त्र प्रहरीले चोरी तस्करी नियन्त्रण मात्र काम नभएर सीमा क्षेत्रको संरक्षण, स्थानीयसँगको समन्वयमा सीमा क्षेत्रमा हुने गलत कार्य नियन्त्रण गर्नु महत्वपूर्ण भूमिका रहने भएकाले स्थानीयसँग सहकार्य गरी सरसफाई कार्यक्रम गरिएको हो ।’

    कार्यक्रममा लुम्बिनी साँस्कृतिक नगरपालिकाका प्रमुख सजरुद्दीन मुसलमान, वडा नम्बर १३ का वडाअध्यक्ष सहिद अहमद खान, सशस्त्र प्रहरी लुम्बिनीका प्रहरी नायव उपरीक्षक (डीएसपी) शितल श्रेष्ठ, प्रहरी चौकी कालीदहका इञ्चार्ज कवि सेन्चुरी, स्थानीय सर्वसाधारण, लुम्बिनी साँस्कृतिक नगरपालिकाका कर्मचारी लगायतको सहभागीता रहेको थियो ।