२०८३, आषाढ १६ गते

Jun 30 2026 | २०८३, आषाढ १६ गते

मोबाइल व्यवसायी संगठनद्वारा सम्मरीमाईका आगलागीपीडितलाई राहत वितरण

बिहिवार , बैशाख २०, २०८१

  • 742
    Shares
  • 742
    Shares
  • भैरहवा, २० वैशाख ।
    मोबाइल व्यवसायी संगठन रुपन्देहीले मर्चवार क्षेत्र अन्तर्गत सम्मरीमाई गाउँपालिकाका आगलागीपीडित परिवारलाई राहत वितरण गरेको छ । संगठनले सम्मरीमाई गाउँपालिका–७ स्थित बेतकुईया वडा कार्यालयमा एक कार्यक्रमकाबीच १६ घरपरिवारलाई भाडाकुडा तथा लत्ताकपडा प्रदान गरेको हो ।

    आगलागीबाट धेरै धनमालको क्षति पुगेको कुरालाई मध्यनजर गर्दै पीडितलाई केही भए पनि सहयोग पुगोस् भन्ने उद्देश्यले राहत वितरण गरिएको संगठनका अध्यक्ष बैजनाथ गुप्ता (बी.एन.) ले बताए । उनले भने, ‘व्यवसायसँगै सामाजिक उत्तरदायित्वका कार्यहरुलाई पनि अघि बढाएका छौं ।’ यस अघि संगठनले रोहिणी गाउँपालिकाका २० आगलागीपीडित घरपरिवारलाई राहत सामग्री प्रदान गरेकोअध्यक्ष गुप्ताले बताए ।

    राहत वितरण कार्यक्रममा लुम्बिनी प्रदेश सभा सदस्य कन्हैया बनिया, सम्मरीमाई–७ का वडाअध्यक्ष राधेश्याम कुर्मी, सामुदायिक विपद् व्यवस्थापन समिति राष्ट्रिय सञ्जाल नेपालका अध्यक्ष जगन्नाथ प्रसाद कुर्मी, मोबाइल व्यवसायी संगठन रुपन्देहीका उपाध्यक्ष हरि बहादुर पाण्डे, महासचिव राजकुमार गुप्त, कोषाध्यक्ष श्याम प्रकाश गुप्ता, सह-सचिव प्रविण गैरे, सदस्य दीपक पौडेल, पुरुषोत्तम केसरी, जसवन्त धवल, स्थानीयबासीलगायतको उपस्थिति रहेको थियो ।

    IMG_7156.JPG