images
images

मंगलवार, जेठ ८ गते २०८१

युवा उद्यमशीलता प्रवर्द्धनमा जोड

युवा उद्यमशीलता प्रवर्द्धनमा जोड

images
images
images
मंगलवार, बैशाख १८ २०८१
मंगलवार, बैशाख १८ २०८१
  • युवा उद्यमशीलता प्रवर्द्धनमा जोड

    बुटवल, १८ वैशाख ।
    युवा उद्यमी मञ्च रुपन्देहीको आयोजनामा बीटुबी कनेक्ट–२०२४ सम्पन्न भएको छ । नेपालमै पहिलोपटक रुपन्देहीको तिलोत्तमा नगरपालिकामा रहेको टाईगर प्यालेस रिर्सोटमा कार्यक्रम भएको आयोजकले जनाएका छन् ।

    images
    images
    images

    बीटुबी अर्थात् ‘व्यवसायद्वारा व्यवसाय संयोग’ अर्थात् ‘व्यवसायबाट व्यवसाय संयोजन’ यो एक व्यापारिक अवस्था हो जसमा दुवै व्यापारीहरू आपसी तत्परतामा आउँछन् । यसले दुवै व्यापारीहरूको अन्तरक्रिया, सहयोग, वस्तु–सेवा विनिमय, आदि गर्दछ । यो व्यवसायीहरूलाई नयाँ उत्पाद र सेवाहरूको जानकारी प्राप्त गर्न, व्यापारिक सम्पर्कहरू बढाउन, र उच्च नेटवर्किङको अवसर प्रदान गर्दछ  । यसले उनीहरूलाई आफ्नो व्यवसायका लागि नयाँ निर्देशिका र सम्बन्धहरू प्राप्त गर्न पनि सहायक हुन्छ।

    कार्यक्रममा नेपाली युवा उद्यमी मञ्चका देशभरका शाखाका प्रमुख तथा सबै सदस्यहरुको सहभागीता रहेको थियो । कार्यक्रममा मुख्य वक्ताको रुपमा कर्पोरेट प्रशिक्षक मान्सी अग्रवालले युवा व्यापारिक प्रर्वद्धनको लागि युवाहरुमा उद्यमशीलता निपुणता हुनुपर्ने बताएकी थिइन् । उनले अबको युवा भनेको उद्यमशीलतामा जोड दिदै यसको लागि योजनाबद्ध  विकास गर्न आवश्यक रहेको बताइन् । कार्यक्रममा मुख्य वक्ताको रुपमा उत्प्रेरणात्मक प्रस्तुती दिएकी उनले युवा उद्यमशीलता नै अबको समृद्धिको आधार भएको बताएकी थिइन् ।

    नेशनल गर्भिनिङ्ग काउन्सीलका एक्जुकेटिभ मेम्बर तथा बीटुबी सत्र सहजकर्ता पवित्रा गौतमले बीटुबी सत्रमा युवा उद्यमबीच व्यवसायबाट व्यवसायको भेटघाट गरेर व्यावसायिक संघर्ष गर्ने, अनुसन्धान गर्ने र व्यवसायिक संयोजन गर्ने अवसर प्रदान गर्ने बताइन् । उनले युवा उद्यमीहरुबीच एक अर्कामा सहकार्य गरेर सोही अनुसार योजना बनाएर जाने हो भने सबै मञ्चका सदस्यहरुको नै आर्थिक उर्पाजन हुने बताइन् ।

    सम्मेलनमा चितवन, पोखरा, ललितपुर, नेपालगञ्ज, रुपन्देही लगायतका जिल्लाबाट युवा उद्यमी मञ्चका सदस्य तथा प्रतिनिधिहरुको सहभागीता रहेको नेपाली युवा उद्यमी मञ्च रुपन्देहीका अध्यक्ष सन्देश श्रेष्ठले जानकारी दिए ।  उक्त कार्यक्रममा युवा उद्यमीहरुको विचमा आफ्नो व्यापार प्रर्वद्धन गर्न विविध क्रियाकलाप भएको थियो ।

    नेपाली युवा उद्यमी मञ्च रुपन्देहीले विगत लामो समयदेखि युवा उद्यमशीलतामा विभिन्न काम गर्दै आएको छ । यो वर्ष नेपाली युवा उद्यमी मञ्च  रुपन्देहीले  काठमाडौंबाहिर पहिलो युवा उद्यमशीलता बुटक्याम्प २०२३ र तेसो युवा उद्यमी सम्मेलन २०२४, पर्यटन विकास गर्न रिट्रीट  सम्पन्न गरेको थियो ।

    images
    images
    images
    लोकप्रीय
    थप समाचार

    Copyright © All right reserved to khabarpatro Site By: sobij