images

शनिवार, बैशाख २९ गते २०८१

सिटी हस्पिटलले सर्जरी सम्बन्धी स्वास्थ्य शिविर संचालन गर्दै

सिटी हस्पिटलले सर्जरी सम्बन्धी स्वास्थ्य शिविर संचालन गर्दै

images
images
images
आइतवार, बैशाख १६ २०८१
आइतवार, बैशाख १६ २०८१
  • सिटी हस्पिटलले सर्जरी सम्बन्धी स्वास्थ्य शिविर संचालन गर्दै

    भैरहवा, १६ वैशाख । सिद्धार्थनगर सिटी हस्पिटल प्रा.लि. भैरहवा, रुपन्देहीले बिरामीहरुको सेवा सुविधालाई मध्यनजर गर्दै जनरल सर्जरी सम्बन्धी बिरामीहरुको निःशुल्क चेक जाँच तथा परामर्श गर्ने भएको छ । 

    images
    images
    images

    अस्पतालले वैशाख २० गतेदेखि जेठ ४ गतेसम्म जनरल सर्जरी सम्बन्धी जाँच तथा परामर्श गर्ने जनाएको छ । परामर्शको क्रममा आवश्यक पर्ने ल्याब टेस्ट, एक्स–रे, भिडियो एक्स–रे, ईसिजी लगायतका जाँचहरुमा ५० प्रतिशत छुटको व्यवस्था गरेको हस्पिटलका प्रबन्ध निर्देशक अर्जुन पौडेलले बताए ।

    अस्पतालले हाइड्रोसिल, हर्निया, पायल्स, पित्तथैलीको पत्थरी, मृगौलाको पत्थरी लगायतका जाँचहरुमा ओ.पि.डी. टिकट निःशुल्क गरेको जनाएको छ ।

    अत्याधुनिक ल्याबमा विश्वसनीय तथा उच्च गुणस्तरीय मेसिन औजार तथा दक्ष अनुभवी कर्मचारीसहित उच्चस्तरीय मापदण्डसहित सञ्चालित हस्पिटलले हाल अत्याधुनिक ल्याब उपकरणसहित छिटोछरितो सेवासुविधा उपलब्ध गराउँदै आइरहेको छ । 

     

    images
    images
    images
    लोकप्रीय
    थप समाचार

    Copyright © All right reserved to khabarpatro Site By: sobij