२०८३, आषाढ १६ गते

Jun 30 2026 | २०८३, आषाढ १६ गते

सिसासको २४४ औं नियमित मासिक संगम

आइतवार , बैशाख १६, २०८१

  • 1.0K
    Shares
  • 1.0K
    Shares
  • भैरहवा, १६ वैशाख ।
    सिर्जनशील साहित्यिक समाज (सिसास) को २४४ औं नियमित मासिक संगम शनिबार भैरहवामा सम्पन्न भएको छ । कमल पोख्रेल ‘निश्छल’ को अध्यक्षता तथा प्राज्ञ एवं वरिष्ठ गजलकार बूँद रानाको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा वरिष्ठ आख्यानकारहरू वनमाली निराकार, विजय सागर, साहित्यिक  चौतारी नेपालकी कोषाध्यक्ष कमला भण्डारी ढकाल, हातेमालो साहित्य संगमका केन्द्रीय सदस्य तिलक पौडेल ‘जिज्ञासु’, साहित्यकारहरू उमेशचन्द्र रिजाल, संस्थाका पूर्वअध्यक्ष एवं सल्लाहकार सुवास रिजाल ‘यात्री’, साहित्यकारहरू प्रकाशलाल श्रेष्ठ, तिलक लामिछाने, देवीप्रसाद न्यौपाने ‘धीर’, सरु ज्ञवाली, मीना क्षेत्री बलाल, राधा भट्टराईले समसामयिक विषयका विविध विधाका रचनाहरू प्रस्तुत गरेका थिए ।

    संस्थाकी उपाध्यक्ष सरु ज्ञवालीको स्वागतमा सम्पन्न उक्त कार्यक्रमको संचालन संस्थाका सचिव विष्णु गजुरेलले गरेका थिए । प्रत्येक महिनाको तेस्रो शनिबार सिसासको नियमित मासिक साहित्यिक संगम सिद्धार्थनगर नगरपालिका–८ स्थित शहीद स्मृति पुस्तकालयमा हुँदै आएको छ ।