images

शुक्रवार, बैशाख २८ गते २०८१

पत्रकारिता क्षेत्रको गरिमा बचाउन शुद्धीकरण जरुरी : अध्यक्ष पोखरेल

पत्रकारिता क्षेत्रको गरिमा बचाउन शुद्धीकरण जरुरी : अध्यक्ष पोखरेल

images
images
images
शनिवार, बैशाख १५ २०८१
शनिवार, बैशाख १५ २०८१
  • पत्रकारिता क्षेत्रको गरिमा बचाउन शुद्धीकरण जरुरी : अध्यक्ष पोखरेल

    रुपन्देही, १५ वैशाख ।
    नेपाल पत्रकार महासंघ रुपन्देहीको १२ औं अधिवेशन तथा साधारणसभा एवं पुरस्कार वितरण र सम्मान कार्यक्रम शनिबार बुटवलमा सम्पन्न भएको छ । उद्घाटन समारोहलाई सम्बोधन गर्दै नेपाल पत्रकार महासंघका केन्द्रीय अध्यक्ष विपुल पोखरेलले पत्रकार महासंघ नागरिक संगठनको अग्रणी संस्था भएकाले यसको अधिवेशन र साधारणसभामा नीतिगत विषयमा छलफल गर्नुपर्ने बताए । उनले शुुद्धीकरणको अभियान कसैलाई निष्काशन तथा अपमान नभइ विशुुद्ध पत्रकारिता गर्नेलाई एकीकृत बनाउनको लागि भएको बताए । विभिन्न स्थानमा बसेर मिडिया हाउसलाई दुरुपयोग गरेका घटनाहरु बाहिर आइरहेकोले योतर्फ जान बाध्य भएको बताए । उनले शुद्धीकरण अभियान इभेन्ट नभइ मुभमेन्ट भएको बताउँदै कसैलाई अन्याय हुन नदिने समेत बताए । उनले पत्रकारिता क्षेत्रको गरिमा बचाउनका लागि समेत शुद्धीकरण जरुरी भएको बताए ।  अध्यक्ष पोखरेलले रुपन्देही शाखाले उत्कृष्ट कार्यसम्पादन गर्दै आएको बताए । 

    images
    images
    images

    त्यस्तै प्रेस काउन्सिल नेपालका अध्यक्ष बालकृष्ण बस्नेतले पत्रकार महासंघले सदस्यतासँगै सञ्चार माध्यमका विषयवस्तुमा पनि शुद्धीकरणमा गर्नुपर्ने बताए । उनले पत्रकारितामाथि आम मानिसहरुले प्रश्न गर्न थालेको भन्दै अब पेशागत मर्यादालाई ध्यान दिनुपर्नेमा जोड दिए । 

    बुटवल उपमहानगरपालिका उपप्रमुख सावित्रादेबी अर्यालले पत्रकारहरुले सत्य र तथ्यका आधारमा समाचार सम्प्रेषण गर्नुपर्ने बताइन् । उनले बुटवल उपमहानगरपालिकाले सञ्चार क्षेत्रको विकासका लागि सहकार्य गर्दै अगाडि बढेको समेत बताइन् । उनले विकास निर्माणका सवालमा आफुहरुले काम गर्दै आइरहेको बताउँदै पत्रकारिताको विकासका लागि आफूहरुले सहकार्य गर्दै अगाडि बढ्ने बताइन् । 

    नेपाल पत्रकार महासंघका केन्द्रिय सदस्य एवं केन्द्रीय प्रतिनिधि भवानी प्रसाद पाण्डेले पत्रकारिताले आफ्नो शाख जोगाउँदै अगाडि बढ्नुपर्ने बताए । 

    कार्यक्रममा पत्रकार महासंघ रुपन्देहीका अध्यक्ष रामराज पोख्रेलले पत्रकार महासंघको तीनवर्षे कार्यकालमा राम्रै काम गरेको बताए । उनले कोरोना महामारीको संकटबाट कार्यकाल सुरु भएको बताउँदै पत्रकारहरुको पेशागत सुरक्षा, हकहित र क्षमता अभिवृद्धि एवं संस्थागत विकास गरेको बताए । 

    कार्यक्रममा नेपाल पत्रकार महासंघ लुम्बिनी प्रदेश उपाध्यक्ष शुक्रऋषि चौलागाईं, रुपन्देहीका पूर्वअध्यक्ष डिआर घिमिरे, सल्लाहकार दिनेश पाण्डे, खिमानन्द भट्टराई,  नेकपा (एमाले) रुपन्देही अध्यक्ष तेजेन्द्र केसी,  नेपाली कांग्रेस रुपन्देही क्षेत्र नम्बर २ का सभापति प्रजापाल गिरी, नेकपा रुपन्देही इञ्चार्ज शरद वली, नेकपा (एकीकृत समाजवादी) का रुपन्देहीका उपाध्यक्ष चीन बहादुर गुरुङ, नेकपा (माओवादी केन्द्र) का बुटवल नगर अध्यक्ष महेन्द्र भुसाल, बुटवल उद्योग वाणिज्य संघका अध्यक्ष हरि प्रसाद अर्याल, पश्चिम नेपाल बस व्यवसायी प्रा.लि.का अध्यक्ष दधिराम खरेल, उपाध्यक्षद्वय विश्वास ढकाल, अमृता अनमोल र सचिव विनोद परियार लगायतले बोलेका थिए । 
    उत्कृष्ट र सिद्धार्थ श्रमजीवि पत्रकारिता पुरस्कार वितरण 

    अधिवेशन तथा साधारणसभाको अवसरमा नेपाल पत्रकार महासंघ रुपन्देहीले तीनवटा पुरस्कार वितरण गरेको छ । महासंघले बुटवल उपमहानगरपालिकासँगको सहकार्यमा स्थापना गरेको उत्कृष्ट पत्रकारिता पुरस्कार २०७८ बाट पत्रकार टोपराज शर्मा र २०७९ बाट पत्रकार कपिल ज्ञवालीलाई पुरस्कृत गरिएको छ । 

    अनलाईन खबर, बुटवल टुडेमा कार्यरत पत्रकार शर्मा र बुद्ध टेलिभिजनमा कार्यरत पत्रकार ज्ञवालीलाई नगद ५०/५० हजार राशी, प्रमाणपत्रसहित पुरस्कृत गरिएको हो । दुवैजनालाई कार्यक्रमका नेपाल पत्रकार महासंघका केन्द्रिय अध्यक्ष विपुल पोखरेल, बुटवल उपमहानगरपालिका उपप्रमुख साबित्रा अर्याल, रुपन्देही अध्यक्ष रामराज पोखरेल र प्रमुख प्रशासकीय अधिकृत मित्रमणी खनाल, मूल्यांकन समिति संयोजक यानेन्द्र जि.सी.ले पुरस्कार प्रदान गरेका हुन । 

    यसैबीच सिद्धार्थनगर नगरपालिकाबाट स्थापित सिद्धार्थ श्रमजीवी पत्रकारिता पुरस्कारबाट पत्रकार दिपक घिमिरेलाई पुरस्कृत भएका छन् ।  घिमिरेलाई नगद ५ हजारसहित सम्मान गरिएको हो । घिमिरेलाई पनि महासंघका केन्द्रीय अध्यक्ष विपुल पोखरेल, जिल्ला अध्यक्ष रामराज पोख्रेल, मूल्याकन समितिका सदस्य नरेश केसी लगायतले नगद ५ हजारसहित पुरस्कृत गरेका हुन । घिमिरे खबरपात्रो डटकम, नेपाल टेलिभिजनमा आबद्ध छन । 

    पूर्वअध्यक्षहरुलाई सम्मान 

    सोही अवसरमा नेपाल पत्रकार महासंघ रुपन्देहीका पूर्व अध्यक्षहरुलाई सम्मान गरेको छ । महासंघको संस्थागत विकास पूर्वअध्यक्षहरुले पुर्याएको योगदानको कदर गर्दै सम्मान गरिएको हो । पूर्वअध्यक्ष डा. बालकृष्ण चापागाई, विनोद पहाडी, हरी लम्साल, डिआर घिमिरे, मोहन चापागाई, दीपक ज्ञवाली, शेरबहादुर केसी र यानेन्द्र जिसीलाई सम्मानपत्र र दोसल्ला ओढाएर समान गरिएको हो । 

    त्यसै गरी सल्लाहकार दिनेश पाण्डे, खिमानन्द भट्टराई, इन्दिरा अर्याल र माधव ढुंगानालाई पनि सम्मानपत्र र दोसल्लाले सम्मान गरिएको छ । पूर्वअध्यक्ष र सल्लाहकारहरुलाई महासंघका केन्द्रीय अध्यक्ष विपुल पोखरेल र जिल्ला अध्यक्ष रामराज पोख्रेलले सम्मान गरेका हुन् ।

    प्रेस स्वतन्त्रता सेनानीलाई सम्मान 
    सोही अवसरमा प्रेस स्वतन्त्रता सेनानीहरुलाई पनि विशेष सम्मान गरिएको छ । प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता र पत्रकारिता क्षेत्रको विकासका लागि पुर्याएको योगदान स्वरुप प्रेस स्वतन्त्रता सेनानी कर्णबहादुर कार्की, दील साहनी, अर्जुन ज्ञवाली र विनोद पहाडीलाई सम्मानपत्र र दोसल्लाले सम्मान गरिएको हो । 

    १० जनालाई मरणोपरान्त सम्मान 

    त्यसै गरी विभिन्न कारणले मृत्यु भएका १० जना पत्रकारका परिवारलाई मरणोपरान्त सम्मान गरिएको छ । स्व. प्रेस स्वतन्त्रता सेनानी पं बाबुराम भट्टराई, टिकाराम न्यौपाने, डायलसन अधिकारी, हिक्मत चौधरी, बिन्दु कुमार चौहान, प्रेस स्वतन्त्रता सेनानी बसन्त पोखरेल, खेम परिश्रमी, टेक मास्की राना, सर्य श्रेष्ठ आजाद र नर बहादुर कंडेल (एन.बी.)को परिवारलाई नगद ५ हजार ५ रुपैयाँसहित सम्मान गरिएको हो । 

    त्यसै गरी अधिवेशनका अवसरमा आन्तरिक लेखा परीक्षक इश्वरी ज्ञवाली नगद ५ हजार सम्मानपत्र र कार्यालय सचिव सागर पन्थी नगद ४ हजार १ सय  र सम्मानपत्रले सम्मानित भएका छन । साथै शनिबारै सम्पन्न भएको सचिव विनोद परियारद्वारा प्रस्तुत सांगठनिक प्रतिवेदन र कोषाध्यक्ष सञ्जय सौगातद्धारा प्रस्तुत आर्थिक प्रतिवेदन बन्दसत्रमा व्यापक छलफल गरेर पारित गरिएको छ । महासंघको यो अधिवेशनमा प्रतिवेदनमाथि मात्रै छलफल भएको हो । केन्द्रीय अधिवेशन तथा साधारणसभा सकिएपछि निर्वाचन प्रक्रिया बल्ल सुरु हुनेछ ।

    images
    images
    लोकप्रीय
    थप समाचार

    Copyright © All right reserved to khabarpatro Site By: sobij