images

शुक्रवार, बैशाख २८ गते २०८१

खबरपात्रोका प्रधानसम्पादक घिमिरेलाई ‘सिद्धार्थ श्रमजीवि पत्रकारिता पुरस्कार’

खबरपात्रोका प्रधानसम्पादक घिमिरेलाई ‘सिद्धार्थ श्रमजीवि पत्रकारिता पुरस्कार’

images
images
images
शनिवार, बैशाख १५ २०८१
शनिवार, बैशाख १५ २०८१
  • खबरपात्रोका प्रधानसम्पादक घिमिरेलाई ‘सिद्धार्थ श्रमजीवि पत्रकारिता पुरस्कार’

    भैरहवा, १५ वैशाख ।
    नेपाल पत्रकार महासंघ रुपन्देहीले प्रदान गर्दै आइरहेको ‘सिद्धार्थ श्रमजीवि पत्रकारिता पुरस्कार’–२०७९ खबरपात्रो डटकमका प्रधानसम्पादक दीपक घिमिरेले प्राप्त गरेका छन् । सिद्धार्थनगर नगरपालिकाको सहकार्यमा स्थापित यो पुरस्कार शनिबार बुटवलमा आयोजित महासंघ रुपन्देहीको १२ औं अधिवेशन तथा साधारण सभामा प्रदान गरिएको हो ।

    images
    images
    images

    नेपाल पत्रकार महासंघका केन्द्रीय अध्यक्ष विपुल पोखरेल, केन्द्रीय सदस्य भवानी प्रसाद पाण्डे र रुपन्देही अध्यक्ष रामराज पोख्रेलले पत्रकार घिमिरेलाई नगद ५ हजार रुपैयाँ र सम्मान-पत्रले पुरस्कृत गरेका हुन् ।

    नेपाल पत्रकार महासंघ रुपन्देहीका पूर्व कार्यसमिति सदस्य समेत रहेका घिमिरे विगत २ दशकदेखि पत्रकारिता क्षेत्रमा क्रियाशील छन् । उनी नेपाल टेलिभिजनमा रुपन्देही संवाददाताको जिम्मेवारीमा समेत छन् ।

     

    images
    images
    images
    लोकप्रीय
    थप समाचार

    Copyright © All right reserved to khabarpatro Site By: sobij