२०८२, भाद्र ११ गते

Aug 27 2025 | २०८२, भाद्र ११ गते

ठाकुर डाँगीलाई शहीद घोषणाको माग गर्दै भैरहवामा राप्रपाको राँके जुलुस (तस्वीरहरु)

शुक्रवार , बैशाख १४, २०८१

  • 1.1K
    Shares
  • 1.1K
    Shares
  • भैरहवा, १४ वैशाख ।
    आन्दोलनका क्रममा मृत्यु भएका कार्यकर्तालाई शहीद घोषणाको माग गर्दै राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) रुपन्देहीले शुक्रबार साँझ भैरहवामा राँके (मसाल) जुलुस निकालेको छ । चैत २७ गते राप्रपाले काठमाडौंमा गरेको प्रदर्शनमा प्रहरी दमनका क्रममा एकजना पार्टीका कार्यकर्ताको मृत्यु भएको भन्दै उनलाई शहीद घोषणा गर्न माग गरेको हो ।

    सिद्धार्थनगर नगरपालिका–३ खजहनास्थित राप्रपा रुपन्देहीको जिल्ला पार्टी कार्यालयबाट सुरु भएको जुलुस मिलनचोकमा पुगेर समापन भएको पार्टीको रुपन्देही जिल्ला उपाध्यक्ष अजय कुमार गुप्ताले बताए ।

    जुलुसमा सहभागीहरुले गृहमन्त्री राजीनामा दे, नालायक सरकार मूर्दावाद, राप्रपा जिन्दावाद, संघीयता खारेज गर, हिन्दूराष्ट्र कायम गर, राजतन्त्र जिन्दावाद, हाम्रो आन्दोलन जारी छ, स्वर्गीय ठाकुर प्रसाद डाँगीलाई शहीद घोषणा गर, स्वर्गीय ठाकुर प्रसाद डाँगी अमर रहुन, हत्यारा सरकार राजीनामा दे, जस्ता नाराबाजी गरेको राप्रपा रुपन्देहीका सचिव बलराम शर्माले बताए ।

    राँके जुलुसपश्चात मिलनचोकमा आयोजित कार्यक्रममा राप्रपा लुम्बिनी प्रदेश अध्यक्ष प्रदीप कुमार उदयले चैत २७ गते राप्रपाले गरेको शान्तिपूर्ण प्रदर्शनमा सरकारले दमन गरेको बताए । उनले उक्त प्रदर्शनमा घाइते राप्रपा बर्दियाको मधुवन नगर कार्यसमितिका अध्यक्ष ठाकुर प्रसाद डाँगीको निधन भएकोले १३ औं दिनको पूण्यतिथिको पूर्वसंध्यामा राँके जुलुस निकालिएको बताए । उनले स्व. डाँगीलाई शहीद घोषणा गर्न माग गरे ।

    राँके जुलुसमा राप्रपा केन्द्रीय सदस्य स्वाती थापा, तोयानाथ लम्साल, राष्ट्रिय प्रजातान्त्रिक महिला संगठन, युवक संगठनका पदाधिकारी, सदस्यहरुलगायत स्थानीय नेता कार्यकर्ताहरुको सहभागीता रहेको थियो । गत २०८० चैत २७ गते राप्रपा ले काठमाडौंमा गरेको प्रदर्शनका क्रममा घाइते ठाकुर प्रसाद डाँगीको उपचारका क्रममा मृत्यु भएको थियो ।

    IMG_6692.JPG
    IMG_6764.JPG
    IMG_6728.JPG
    IMG_6683.JPG
    IMG_6671.JPG
    IMG_6709.JPG
    IMG_6683.JPG
    IMG_6676.JPG
    IMG_6697.JPG
    IMG_6688.JPG
    IMG_6722.JPG
    IMG_6757.JPG
    IMG_6720.JPG