images

मंगलवार, बैशाख २५ गते २०८१

युवा उद्यमी मञ्च रुपन्देहीको आयोजनामा ‘बीटुबी कनेक्ट’ हुँदै

युवा उद्यमी मञ्च रुपन्देहीको आयोजनामा ‘बीटुबी कनेक्ट’ हुँदै

images
images
images
शुक्रवार, बैशाख १४ २०८१
शुक्रवार, बैशाख १४ २०८१
  • युवा उद्यमी मञ्च रुपन्देहीको आयोजनामा ‘बीटुबी कनेक्ट’ हुँदै

    बुटवल, १४ वैशाख ।
    युवा उद्यमी मञ्च रुपन्देहीको आयोजनामा शनिबार (भोलि) ‘बीटुबी कनेक्ट’ २०२४ हुने भएको छ । आयोजकका अनुसार नेपालमै पहिलोपटक तिलोत्तमा नगरपालिकास्थित टाईगर प्यालेस रिर्सोटमा हुने कार्यक्रममा युवा उद्यमी मञ्चका विभिन शाखाका प्रमुख तथा  सदस्यहरुको सहभागीता रहनेछ ।

    images
    images
    images

    चितवन, पोखरा, ललितपुर, नेपालगंज, रुपन्देहीलगायतका जिल्लाबाट युवा उद्यमी मञ्चका सबै सदस्य तथा प्रतिनिधीहरुको सहभागीता रहने आयोजक संस्था युवा उद्यमी मञ्च रुपन्देहीका अध्यक्ष सन्देश श्रेष्ठले जानकारी दिए । कार्यक्रमको सम्पूर्ण तयारी पूरा भएको अध्यक्ष श्रेष्ठको भनाइ छ ।

    कार्यक्रममा नेशनल गर्भिनिङ्ग काउन्सीलका एक्जुकेटिभ मेम्बर पवित्र गौतमले सहजीकरण गर्नेछन् । त्यस्तै मुख्य वक्ताको रुपमा मान्सी अग्रवाल रहेकी छन् । उनीहरुले उद्यमशील नेटवर्किङ सम्बन्धि तालिम प्रदान गर्ने तथा बीटुबी सत्र हुने जनाइएको छ ।

    युवा उद्यमी मञ्च रुपन्देहीले विगत लामो समयदेखि युवा उद्यमीहरुको पक्षमा विभिन्न काम गर्दै आएको छ । यो भन्दा पहिला युवा उद्यमशिलता विकासको लागि समेत उत्प्रेणात्मक कार्यक्रम गर्दै आएको थियो । यसको अलवा मञ्चले मोबाईल मेला, जुत्ता मेला, युवा उद्यमी सम्मेलन, युवा उद्यमशील बुटक्याम्प, नेपाल उत्पादित वस्तुको मेला (मेडईन नेपाल) समेत आयोजना गर्दै आएको छ । त्यस्तै अन्तरउत्प्रेणात्मक कार्यक्रम समेत गर्दै आएको छ ।

     

    images
    images
    लोकप्रीय
    थप समाचार

    Copyright © All right reserved to khabarpatro Site By: sobij