२०८२, आषाढ २८ गते

Jul 12 2025 | २०८२, आषाढ २८ गते

तिलोत्तमा व्यापार संघका कर्मचारी र सदस्यले मेडिटेक हस्पिटलमा छुट पाउने

बिहिवार , बैशाख १३, २०८१

तिलोत्तमा, १३ वैशाख ।
तिलोत्तमा व्यापार संघका कर्मचारी तथा सदस्यहरुले बुटवलको मेडिटेक इन्टरनेशनल हस्पिटल एण्ड रिसर्च सेन्टरमा उपचार सेवामा छुट पाउने भएका छन् । बिहीबार दुवै पक्षबीच उपचारमा सहुलियत प्रदान गर्ने गरी सम्झौतापत्रमा हस्ताक्षर भएको तिलोत्तमा व्यापार संघका कार्यालय प्रमुख रामप्रसाद सापकोटाले जानकारी दिए ।

सम्झौताअनुसार मेडिटेक हस्पिटलले तिलोत्तमा व्यापार संघका कर्मचारी एवं सदस्यहरुलाई एक्सरेमा १५ प्रतिशत, भिडियो एक्सरेमा रु. २ सय, प्रयोगशालामा २० प्रतिशत, मेजर तथा माइनर अप्रेशनमा १० प्रतिशत, औषधिमा ७ प्रतिशत र बेड चार्जमा २० प्रतिशत छुट पाउनेछन् ।

त्यस्तै तिलोत्तमा व्यापार संघले स्वास्थ्य शिविर आयोजना गरेमा मेडिटेक हस्पिटलले प्राविधिक सहयोग उपलव्ध गराउने छ । सम्झौतापत्रमा तिलोत्तमा व्यापार संघका तर्फबाट अध्यक्ष नेत्रप्रसाद न्यौपाने र मेडिटेक हस्पिटलका तर्फबाट प्रबन्ध निर्देशक गणेशप्रसाद ज्ञवालीले हस्ताक्षर गरेका छन् ।