images

आइतवार, बैशाख २३ गते २०८१

सशस्त्र प्रहरीद्वारा रुपन्देहीमा १० हजार २ सय केजी अवैध चिनी बरामद

सशस्त्र प्रहरीद्वारा रुपन्देहीमा १० हजार २ सय केजी अवैध चिनी बरामद

images
images
images
बिहिवार, बैशाख १३ २०८१
बिहिवार, बैशाख १३ २०८१
  • सशस्त्र प्रहरीद्वारा रुपन्देहीमा १० हजार २ सय केजी अवैध चिनी बरामद

    भैरहवा, १३ वैशाख ।
    सशस्त्र प्रहरीले रुपन्देहीमा १० हजार २ सय ५० केजी अवैध चिनी बरामद गरेको छ । सशस्त्र प्रहरी बल, नेपाल नं. २७ गण हे.क्वा. रुपन्देहीबाट सशस्त्र प्रहरी नायव उपरीक्षक (डीएसपी) मोहन न्यौपानेको कमाण्डमा खटिएको सीमा अनुगमन टोलीले बिहीबार बिहान साढे ९ बजे चिनी बरामद गरेको हो ।

    images
    images
    images

    ‘विशेष सूचनाको आधारमा भारतबाट अवैध रुपमा चिनी नेपाल ल्याइ रुपन्देहीको सिद्धार्थनगर नगरपालिका वडा नम्बर ६ स्थित चिनी मिल ईलाकामा गोदाम गरी नेपाली चिनी मिलहरुको बोरामा प्याकिङ्ग गरी सिलाइरहेको रहेको अवस्थामा पचिनी बरामद गरिएको हो, ’डीएसपी न्यौपानेले भने । डीएसपी न्यौपानेका अनुसार बोरा पल्टी गरिरहेका मानिसहरु सुरक्षा टोलीलाई देखेपछि गोदाम छाडेर भागेका थिए ।

    गोदाममा रहेको १० हजार २ सय ५० केजी चिनी र १ थान बोरा सिलाउने मेसिन भैरहवा भन्सार कार्यालय, बेलहियामा बुझाइएकोमा चिनीको मूल्य रु. ६ लाख ६६ हजार २ सय ५० र मेसिनको मूल्य रु. १० हजार गरी रु. ६ लाख ७६ हजार २ सय ५० मा भन्सार दाखिला भएको सशस्त्र प्रहरीले जनाएको छ ।

     

     

    images
    images
    लोकप्रीय
    थप समाचार

    Copyright © All right reserved to khabarpatro Site By: sobij